काठमाडौं । मंगलम् पाइप्सले भूमिगत प्रयोजन, सिँचाइ प्रणालीकोलागि बढी प्रयोग हुने पाइप बजारमा ल्याएको छ । एचडीपीई (हार्ड डेन्सिटी पोलिइथाइलिन लिन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमिगत प्रयोगको लागि मात्र नभई अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिक्रिया नगर्ने भएकोले ग्रामीण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको एचडीपीई पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ । अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेडसम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्च चाप सहन सक्ने भएकोले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।
यो पाइपहरु प्रायः कालो रंगमा उपलब्ध हुन्छन् । प्रयोगअनुसार यी पाइपहरु विभिन्न आकार र मोटाइमा उपलब्ध छन् । उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ । नेपालमा गुणस्तरीय एचडीपीई उत्पादन र वितरण गर्ने कम्पनीहरुमध्ये मंगलम् पाइप उपभोक्तामाझ सर्वाधिक रुचाइने पाइप हो ।
अन्तर्राष्ट्रियस्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिने एचडीपीई पाइप सँगसँगै मंगलम् पाइप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरी आठवटा फरक–फरक पाइपहरु उत्पादन गर्दै आएको छ । मंगलमको एचडीपीई पाइपहरू आईएसओ ९००१ः२०१५ साथ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया