सोलुको एक सय ५० हेक्टरमा अलैँचीको खेती
सोलुखुम्बु । सोलुखुम्बुमा एक सय ५० हेक्टरमा अलैँचीखेतीको क्षेत्र विस्तार गरिएको छ । आर्थिक वर्ष २०७८–७९ मा ६० हेक्टरमा अलैँची खेती विस्तार गरिएको पाइएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी कुल बहादुर राईका अनुसार एक सय ५० हेक्टरमा एक सय ३० मेट्रिक टन अलैँची उत्पादन भएको छ । आर्थिक वर्ष २०७७–७८ मा अलैँचीखेती विस्तारको क्षेत्र ९१ हेक्टर मात्रै थियो । सो वर्ष ७९ मेट्रिक टन अलैँची उत्पादन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५–७६ मा ९० हेक्टरबाट ७८ मेट्रिक टन उत्पादन लिइएकोमा आर्थिक वर्ष २०७६–७७ मा ९४ हेक्टरमा अलैँचीखेती गरिएको थियो ।
केही वर्षअघिसम्म उत्पादन र बजार राम्रो पाएका कृषकहरू पछिल्ला वर्षहरूमा निरुत्साहित हुँदै आएका छन् । अलैँचीमा देखिएको रोग कीरा, उत्पादनमा आएको गिरावट र खस्कँदो बजारका कारण कृषकहरूमा निराशा छाएको महाकलुङ चाचालुङका पविन कुलुङले बताए । अलैँचीमा रोग कीरा लागेर मर्न थालेपछि कतिपय कृषकले बोट समेत उखेल्न थालेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया