तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । चेम्बरले तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि सहयोग गर्न लागेको हो ।
नेपाल चेम्बरअन्तर्गतका अन्तर्राष्ट्रिय शाखामार्फत नेपाली तयारी पोशाकको बजार प्रवद्र्धन गर्न उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन एक मात्रै विकल्प भएको बताए । अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखामार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ ।’ चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाए । १९९० को दशकमै नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँबराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले सात अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताए ।
नेपालका तयारी पोशाकको निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाइ छ । तयारी पोशाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । गार्मेन्ट्सका वस्तु एवं तयारी पोशाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै उनले निर्यात प्रवर्द्धन गर्नका लागि चेम्बरले आवश्यक सवै व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए । नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताए । यो आर्थिक वर्षमा निर्यात १० अर्ब पु-याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाइ छ । स्वदेशी वस्तुको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको पाण्डेको गुनासो थियो । नेपालमै उत्पादित वस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया