हिमालयन आर्ट फेस्टिभल आगामी सोमबारदेखि
काठमाडौं । इ–आर्टस् नेपालले हिमालयन आर्ट फेस्टिभल आयोजना गर्ने भएको छ । नेपाल आर्ट काउन्सिलमा असोज १० गतेदेखि १४ गतेसम्म उक्त फेस्टिभलको आयोजना हुन लागेको हो ।
इ–आर्टस नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष दशैँको अवसर पारेर फेष्टिभलको आयोजना गर्दै आइरहेको छ । इ–आर्टस् नेपालकी सहसंस्थापक आशा डङ्गोलले नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिऊन् भन्ने उद्देश्यले यस प्रदर्शनीको आयोजना गरिएको बताइन् । ‘पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो’, उनले भनिन् । करिब १५० भन्दा बढी कलाकारहरुले आफ्नो कला प्रदर्शनीमा राख्ने उनको भनाइ छ । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए ।
अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरुदेखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम हो । इ–आर्ट्स नेपालका अध्यक्ष्य सुजन श्रेष्ठका अनुसार यसपालि उक्त स्थानमा कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिनेछ । कार्यक्रमको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया