सोलुखुम्बु । सोलुखुम्बुमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४८ दशमलव ३८ प्रतिशत मत खसेको छ । कुल ८१ हजार पाँच सय दुई जना मतदाता रहेको जिल्लामा ३९ हजार चार सय ३३ मत अर्थात् ४८ दशमलव ३८ प्रतिशत मत खसेको हो ।
प्रारम्भिक डाटाअनुसार १९ हजार पाँच सय ६३ मतदाता रहेको सोलुदुधकुण्ड नगरपालिकामा नौ हजार दुई सय ४७ अर्थात् ४७ दशमलव २६ प्रतिशत मत खसेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा कुल १५ हजार एक सय नौ मतदातामध्ये सात हजार तीन सय १५ अर्थात् ४८ दशमलव ४१ प्रतिशत मत खसेको छ भने सोताङ गाउँपालिकामा सात हजार ६४ मतदातामध्ये तीन हजार आठ सय ४४ अर्थात ५४ दशमलव ४१ प्रतिशत मत खसेको छ । यस्तै महाकुलुङ गाउँपालिकामा सात हजार आठ सय ४९ मतदातामध्ये चार हजार ६२ अर्थात् ५१ दशमलव ७५ प्रतिशत, नेचासल्यान गाउँपालिकामा १० हजार चार सय सय ४३ मतदातामा पाँच हजार तीन सय आठ अर्थात् ५० दशमलव ८२ प्रतिशत मत खसेको छ । त्यसैगरी माप्यदुधकोशी गाउँपालिकामा १० हजार पाँच सय ४२ मतदातामा पाँच हजार चार सय ४० अर्थात् ५१ दशमलमव ६० प्रतिशत मत खसेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदातामा दुई हजार छ सय ४७ अर्थात् ४४ दशमलव २१ प्रतिशत र लिखुपिके गाउँपालिकामा चार हजार आठ सय ४५ मतदातामा दुई हजार पाँच सय ७० अर्थात् ५३ दशलमव ०४ मत खसेको छ । आठवटा स्थानीय तह रहेको जिल्लामा प्रतिशतको हिसाबले सबैभन्दा बढी लिखुपिकेमा ५३ दशमलव ०४ र सबैभन्दा कम खुम्बु पासाङ ल्हामुमा ४४ दशमलव २१ मत खसेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया