इको फ्लोले सुविधाजनक पावर स्टेसन नेपालमा ल्याउने
काठमाडौं । इको फ्लो कम्पनीले नेपालमा जनजीवनलाई उत्तम बनाउन सुविधाजनक पावर स्टेसनहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराएको छ ।
इको फ्लो एक सुविधाजनक पावर र नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी हो । यस कम्पनीको स्थापना सन् २०१७ मा ड्रोनका अग्रणी विकासकर्ताहरुको रुपमा उदाएका उद्यमीहरुबाट गरिएको थियो । यी विकासकर्ताहरुले ड्रोन ब्याट्रीलाई हलुका, धेरै टिक्ने र सबैभन्दा महत्वपूर्ण त अधिक शक्तिशाली बनाउनलाई काम गरेका थिए । अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरु हुनेछन् । इको फ्लोले मानिसहरुको पहुँच ऊर्जामा जहाँ पनि होस् भन्ने तरिकाबाट पुनः आविष्कार गर्ने प्रयत्न गरेको छ । इको फ्लोका रिसर्च एण्ड डेभलपमेन्ट निर्देशक थोमस चानले भने, ‘विश्व अप्राकृतिक ज्ञान, विद्युतीकरण र नवीन ऊर्जातर्फ उन्मुख छ । ऊर्जाको ‘एक नयाँ विश्व’ यी परिवर्तनहरुको बीचमा भविष्यको पर्खाइमा छ ।’
इको फ्लो एक महत्वाकांक्षी, पर्यावरणमैत्री र प्राविधिक तवरमा सञ्चालित भविष्यप्रति विश्वास गर्दछ, जसको प्रत्येक व्यक्तिले स्वामित्व ग्रहण गर्दछ । इको फ्लोको अर्थपूर्ण नवीन ऊर्जा समाधानहरुको डिजाइन नै व्यक्ति, परिवार र समाजमा व्यापक रुपमा प्रभाव पार्ने गरी गरिएको छ । इको फ्लोको डेल्टा र रिभर सिरिजका पावर जेनेरेटरहरु कार्यस्थल र घरको वैकल्पिक ऊर्जा, साहसिक कार्यको लागि स्वच्छ, शान्त र नवीकरणीय ऊर्जाको औद्योगिक परिमाणका साथ उपभोक्तालाई सुसज्जित पार्नेछन् । इको फ्लोको स्वामित्व अधिकार रहेको एक्स–स्ट्रिम प्रविधियुक्त स्मार्ट इन्भर्टरले अत्यन्त छिटो रिचार्ज हुने क्षमता राख्छ, जुन एक घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज भइसक्नेछ भने १.६ घण्टाको अवधिमा यो पूर्णतः चार्ज हुनेछ ।
यस्तै यसमा भएको अद्भुत एक्स बुस्ट प्रविधिको सहायताले इको फ्लो सुविधाजनक ऊर्जा स्टेसनहरुले सर्वाधिक धेरै ४५ सय वाटसम्मको ऊर्जा निष्काशन गर्न सक्दछन् । जसले सोहीसरहको निष्काशन स्तर भएका अन्य उत्पादनहरुको दाँजोमा ज्यादा उपकरणहरु सञ्चालन गर्ने क्षमता राख्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया