नौ सय ९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्न पाइने
काठमाडौं । कम्पनी इजी मोबाइल केयर प्रालिले नौ सय ९९ रुपैयाँमा मोबाइल डिस्प्ले टच फेर्न पाइने सुविधा उपलब्ध गराएको छ । कम्पनीले विगत लामो समयदेखि मोबाइल फोन मर्मत सम्बन्धित सेवा सञ्चालन गर्दै आएको छ ।
न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा गएर चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमबाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जोलगायत २६ भन्दा बढी ब्राण्डका छ सयभन्दा बढी मोडलका बिग्रिएका मोबाइलको ‘एलसीडी टच फेर्न’ सकिनेछ । इजी मोबाइल केयरका सञ्चालक सञ्जीत पौडेलले नेपालमा नै पहिलोपटक यस्तो सेवा सुरु गरिएको जानकारी दिए । मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पूरै डिस्प्ले नै फेर्न बाध्य भएको हुँदा उनीहरुलाई बिग्रेको ‘डिस्प्ले टच’ सस्तो मूल्यमा नै फेरिदिने व्यवस्था गरेको बताए । ‘नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ र त्यसमध्ये पनि कसैनकसैको फोन डिस्प्ले फुटे पनि मर्मत नगरी दुःखका साथ चलाइरहेको पाइन्छ । डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तीमा पनि २५ सय रुपैयाँभन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेका छन्’, उनले भने, ‘हामीले लामो समयको अनुभव र अनुसन्धानबाट त्यस्ता समस्यालाई मध्यनजर गरी सुपथ मूल्यमा नै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले सय दिनको ग्यारेन्टीका साथ नौ सय ९९ रुपैयाँमा नै डिस्प्लेको टच फेर्न सकिने यो सेवा सञ्चालमा ल्याएका हौँ ।’
हाल कुनै पनि मर्मत सर्भिस सेन्टरले मर्मतपछिको सेवामा सय दिनको वारेन्टीसमेत दिन नसकेको अवस्थामा कम्पनीको विश्वसनीयता र हालसम्मको ब्राण्ड ख्यातिका कारण ग्यारेन्टी दिइएको पौडेलले बताए । कम्पनीका अनुसार पछिल्लो समय मोबाइल प्रयोगकर्ताहरुका लागि बिक्रीपछिको मर्मत शुल्क महंगो भइरहेको छ । यसले सेवाग्राहीहरुलाई थप असर पारेकोले उनीहरुलाई सस्तो मूल्यमा डिस्प्ले टच परिवर्तन गरिदिएपछि केही राहत र सहुलियत हुने इजी मोबाइल केयरले अपेक्षा गरेको छ । यसले पुरानै फोनको डिस्प्ले फेर्न सहज हुनेछ भने नयाँ फोन किन्नुपर्ने ग्राहकहरुको बाध्यता हट्नेछ । जसले अन्ततः मोबाइल आयातको लागि विदेशिने नेपालको मुद्रासमेत बचत गर्न सकिने कम्पनीको दाबी छ । इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलोपटक शून्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा सफलतापूर्वक सञ्चालन गरिसकेको छ । जसमा २५ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । कम्पनीले नेपालमा शाओमी, रियलमी, वानप्लस, ह्वावे, जेडटीई, अल्काटेल, कुलप्याड, माइक्रोम्याक्स, इन्टेक्स, आईटेल, टेक्नोलगायत मोबाइल फोन ब्राण्डको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #3
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया