टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात
काठमाडौं, चैत ६
काठमाडौंको बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले औपचारिक रुपमा आफ्नो सेवा संचालनको सुरुवात गरेको छ । क्लिनिकले सेवा शुरुवातको अवसर पारेर विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ । क्लिनिकको औपचारिक सुरुवात बुधबारबाट भएको हो । यस क्लिनिकको स्थापना स्वास्थ्य सेवा सम्बन्धी अनुभवी समुहले सन् २०१९ मा गरेको थियो । क्लिनीक आधुनिक सुविधाहरुले सम्पन्न ७ हजार वर्ग फुटको कूल क्षेत्रमा फैलिनुको साथै अत्याधुनिक चिकित्सा उपकरणहरुले सुसज्जित रहेको बताईएको छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले सबैभन्दा उन्नत र उच्चस्तरिय प्रविधिको सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
यस क्लिनिकले रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । यस क्लिनीकले बहिरङ्ग सेवाका साथै विशिष्ट सेवाहरु दिदै आइरहेको छ । यस क्लिनीकले रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । यस क्लिनीकसंग नेपालको एकमात्र फार्मेसी रहेको छ । बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुने बताईएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया