नेपाल र भारतका युवा उद्यमीले सहकार्य गर्ने
काठमाडौं । युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री युवा नेतृत्व मञ्च (एफआईसीसीआई एफवाईएल)बीच युवा उद्यमीहरुको नवीन सोचको प्रवर्द्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।
हालै भारतको नयाँ दिल्लीमा भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । समझदारीपत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर गरेका छन् । यस समझादारीअनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तत्र्रिmया गर्ने, भ्रमण गर्ने, युवा उद्यमीहरुलाई प्रोत्साहनलगायतका कार्यक्रम गरिनेछ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, नेपाल उद्योग परिसंघले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न गठन गरेको युवा उद्यमी मञ्च हो । यस्तै फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्री योग लिडर फोरम भारतको युवा नेतृत्व मञ्च हो । सन् २००५ अगष्ट १५ मा गठित सीएनआईवाइईएफको नेतृत्वमा हालै काठमाडौंमा स्टार्टअप फेस्टको आयोजना भएको थियो भने इन्क्यूभेसन सेन्टर स्थापना लगायतका काम भइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- लुम्बिनी प्रदेशः करिब रु ३८ अर्ब ९६ करोड विनियोजन
- समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छस् अध्यक्ष ओली
- सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस
- उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
- कोशी प्रदेश ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
- कर्णाली प्रदेशः आगामी आवका लागि रु ३१ अर्ब ४१ करोड बजेट विनियोजन
- सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
- लोक सेवा आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति
धेरैले पढेको
- बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया