नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश
काठमाडौं,भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो ।
खेलको २० औँ मिनेटमा नै भुटानले अग्रता लियो । भुटानका दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडमार्फत गोल गरे । एक गोल फर्काउन पनि नेपाललाई खेलको ९० औँ मिनेट कुर्नुप¥यो । खेलको ९० औँ मिनेटमा नेपाललका दीपकराजसिंह ठकुरीले एक गोल फर्काएपछि खेल १–१ गोलको बराबरी सकियो ।
यसअघि चैत ८ गते भएको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले परािजत गरेको थियो । त्यतिबेला नेपालको जितमा जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।
यस खेलसँगै अब फाइनल खेलमा नेपाल र लाओस भिड्ने पक्का भएको छ । नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ भने लाओस तीन अङ्काका साथ दोस्रो स्थानमा छ । यस खेलसँगै भुटान एक अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।
फाइनल खेल यही चैत १७ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् । रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया