संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण नयाँ उचाइमा
चैत १३
विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द (इपिसेन्टर) हुनसक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ । भारत समेतका बेलायत र अरु कैयौं मुलुकले भाइरसको प्रसार रोक्न भन्दै मानिसको आवतजावत र हिँडडुलमा कडाइ गरेका छन् । मार्च महिनाको शुरुदेखि नै जापानदेखि संयुक्तराज्य अमेरिकासम्मको व्यापार व्यवसाय लगभग ठप्प छ । कतिपय मुलुकमा कर्फ्यु लगाइएको छ भने केही मुलुकमा सशस्त्र प्रहरी र सेना नै परिचालन गरिएको छ । इटालीको मिलानस्थित युनिक्रेडिट बैंकका प्रमुख अर्थशास्त्री एडोआर्डो क्याम्पानेल्लाले विश्वमै डरलाग्दो ठानिएको प्राणघातक कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने खतरा बढाएको बताए । उनले अत्यावश्यक सेवा बाहेक सबै किसिमका व्यवसाय ठप्पप्रायः भएका छन् भने आपूर्ति शृंखला टुटेको बताए ।
अमेरिकी सेयर बजारमा मंगलबार केही सुधार आएको छ । खासगरी अमेरिकी सिनेटले २ खर्ब अमेरिकी डलरको आर्थिक राहत प्याकेजमा सहमति जनाउने आशामा लगानीकर्ताहरु रहेका छन् । कोरोनाभाइरसबाट मंगलबारसम्ममा विश्वका १९४ मुलुकका तीन लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । करिब १६ हजार ५०० भन्दा बढीको ज्यान गइसकेको छ । जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताए । विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन् । तीमध्ये पनि ४० प्रतिशतजति अमेरिकाकै छन् ।
के संयुक्तराज्य अमेरिका दोस्रो इपिसेन्टर होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भने, ‘अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ । त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ ।’ अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाइ रहेको स्वीकारेका छन् । मास्क र भेन्टिलेटरको माग तिब्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन, ट्रम्पले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द मोदीले मंगलबार साँझ भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि पूरै मुलुकभर २१ दिने लकडाउन घोषणा गर्नु भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले मे महिनाको मध्यसम्ममा भारतमा १० लाखभन्दा बढी मानिस संक्रमित हुने खतरा औंल्याएका छन् । यही कारण पनि भारत सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सबै हवाइ तथा रेलसेवा, व्यवसया र स्कुलहरु बन्द गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया