काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ राष्ट्रिय चिया दिवसको अवसर पारेर चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गर्ने भएको छ ।
बोर्डले राष्ट्रिय चिया दिवसको अघिल्लो दिन वैशाख १४ गते बिहीबार (आज) राजधानीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागेको हो । उक्त महोत्सवमा विभिन्न राष्ट्रका चियाका क्रेता/विक्रेताहरु, चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने व्यक्तिहरु उपस्थित हुने बोर्डले जनाएको छ । उक्त कार्यक्रममा नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाविलिटी प्रणाली’को सुरुवात्सँगै राष्ट्रिय युवा चिया उद्यमीहरुलाई सम्मान समेत गरिने बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै यस वर्षको चिया दिवसको मूल समारोह अर्थोडक्स चियाको राजधानी मानिने इलामको फिक्कलमा हुने भएको छ । वोर्डले हरेक वर्षको वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ ।
चिया दिवसमा विदेशी पाहुनाहरु र नेपाल सरकारका विशिष्ट अधिकारीहरुको उपस्थितिमा चिया प्रदर्शनी, टि टेस्टिङ्ग, चिया बगैँचा अवलोकन, नेपाल र विदेशी चिया व्यापारीहरुबीच शिष्टाचारपूर्ण व्यापारिक बैठकलगायत विविध कार्यक्रमको आयोजना गरी वैशाख १५ र १६ गते इलामको फिक्कलमा मनाइने भएको छ ।
२७औँ राष्ट्रिय चिया दिवसको मूल नारा ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ रहेको छ ।
इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विसं १९२० मा चिया रोपण गरेपछि नेपालमा चियाखेती सुरुवात भएको मानिन्छ । नेपाली चियाको इतिहास लगभग एक सय ६० वर्ष पुरानो रहेको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । नेपालमा हाल १५ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरु चियाको उत्पादन तथा बिक्रीवितरण श्रृङ्खलामा संलग्न रहेका छन् ।
नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारतलगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ ।
गत आर्थिक वर्षमा तीन अर्ब ४३ करोड ४३ लाख रुपैयाँबराबरको १२ हजार चार सय ९४ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा तीन अर्व ७९ करोड ७१ लाख मूल्यबराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको थियो । सो वर्ष नेपालमा चियाको आन्तरिक खपत ११ हजार आठ सय २५ मेट्रिक टन रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा बढेर १३ हजार आठ सय ८५ मेट्रिक टन पुगेको छ । अघिल्ला वर्षहरुमा भन्दा चियाको आयात पनि ४० प्रतिशत बढीले घटेको बोर्डले जनाएको छ ।
नेपाली चियाको ९० प्रतिशतभन्दा बढी निकासी भारतसँग हुनेगरेको छ । तर प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा/व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेको जस्ता आरोप खेप्नु परेकोले चिया निर्यातमा समस्या आएको बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दिए ।
खुल्ला बजार नीतिअनुरुप निया निर्यातका लागि चीन, रुस, अमेरिका, युरोपेली मुलुकसँग सम्झौता गरी नेपाली कूटनीतिक नियागमार्फत नेपाली चियाको ब्राण्ड प्रवद्र्धन गर्नुपर्ने डा. भट्टराईले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया