काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार रौतहटको गजुरा वडा नं २ घर भई हाल भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई पक्राउ गरिएको हो ।
उच्च अदालत पाटन, ललितपुरको विसं २०७९ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार लाख ६० हजार रुपैयाँ जरिवाना र दुई दिन कैद सजाय तोकी फरार रहेका गोलेलाई कार्यालयको विशेष टोलीले आइतबार भक्तपुरको लोकन्थलीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ । पक्राउ परेका गोलेलाई आइतबार नै फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया