काठमाडौं,मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना सुरु गर्न नेपालले गरेको पूर्वतयारीप्रति अमेरिकी सरकारका प्रतिनिधि सन्तुष्ट देखिएका छन् ।
काठमाडौंमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एमसीसीको एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सको नेतृत्वले भेट गरी नेपालको पूर्वतयारीप्रति सन्तुष्ट जनाएको हो ।
अर्थमन्त्री महतसँग उक्त टोलीले सोमबार भेटवार्ता गरेको थियो । भेटका क्रममा एमसीसी परियोजनाको विभिन्न पक्षका बारेमा कार्यान्वयनबारे छलफल भएको थियो । उक्त भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।
एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्नेछ । उक्त सहयोगअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा खर्च हुनेछ । टोली नेपालको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन आएको थियो ।
भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रियाजस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको सोमबार साँझ अर्थमन्त्री महतको तर्फबाट जारी प्रेस नोटमा जनाइएको छ । सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको थियो ।
सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास दिएका थिए । साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिबद्धता समेत अर्थमन्त्री महतले जनाएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया