सहज च्यालेन्ज फन्ड–३
नवीनतम ‘ब्रान्डिङ’ सेवा प्रदायकलाई आवेदन आह्वान
काठमाडौं । ‘सहज च्यालेन्ज फन्ड–तेस्रो’अन्तर्गत नवीनतम ब्रान्डिङ/प्याकेजिङ/वितरण प्रणालीसम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको छ । सहज च्यालेन्ज फन्डले राजधानीमा पत्रकार सम्मेलन गरी तेस्रो चरणको औपचारिक शुभारम्भ गरिएको जानकारी दिएको हो ।
सहज च्यालेन्ज फन्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य–प्रवर्द्धनमा योगदान पु-याउने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा स्विस कन्ट्याक्टका तर्फबाट नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी)का टिम लिडर रिक भ्यान डर क्याम्पले सहज च्यालेन्ज फन्डमार्फत एनएएमडीपीले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताए । यस्तै, सिप्रडका तर्फबाट एनएएमडीपीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फन्ड कृषि प्रशोधनमा सेवा प्रदायकहरूका लागि बनाइएको बताइन् । यस्तै, प्राक्टिकल एक्सन कन्सल्टिङको तर्फबाट सहज च्यालेन्ज फन्डका टिम लिडर अधिश कार्कीले तेस्रो चरणको च्यालेन्ज फन्डले पाँच लाखदेखि ५० लाख रुपैयाँसम्म सहयोग गर्ने जानकारी दिए ।
प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिने उनको भनाइ छ । उपकरण तथा मेसिनरी खरिदका लागि भने सहज च्यालेन्ज फन्डले सहयोग गर्ने छैन । यस्तै सहज च्यालेन्ज फन्डका ब्रान्डिङ र प्याकेजिङ विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिविभभक्त श्रेष्ठले च्यालेन्ज फन्डले प्रोत्साहन गरेको नवप्रवर्तनकारी सेवाहरूले कृषि क्षेत्रमा देखिएको बाधा अवरोधलाई कसरी हटाउँछन् भन्नेबारे जानकारी गराएका थिए । ‘नेपालमा धेरै कम्पनीहरूले दिगो ब्रान्डिङ र प्याकेजिङ समाधानमा काम गरिरहेका छैनन् । यो च्यालेन्ज फन्डले स्थानीय उत्पादकहरूलाई नवप्रवर्तनको समाधान खोज्न मद्दत गर्नेछ’, अनुजले भने ।
यस च्यालेन्ज फन्डका लागि असार ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदनको समयसीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिने र सफल आवेदकहरूलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिने छ । पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्याङ्कनपछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउनेछन् । आवेदकको मागअनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत सहज च्यालेन्ज फन्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य प्रवर्द्धनमा योगदान पु-याउने लक्ष्य राखेको बताइएको छ ।
पत्रकार सम्मेलनमा सरकारसँग नीतिगतरूपमा सहकार्य गरेको स्वीस कन्ट्याक्टको लगानीका प्राक्टिकल एक्सनले देशको ७७ वटै जिल्लामा ठोस काम गरेको बताए पनि मुुलुकमा भएको समस्या ठोसरूपमा समाधान नभएको र केही एनजीओका सञ्चालकहरूको रोजीरोटीको माध्यमजस्तो मात्र भएको भनी प्रश्न उठे पनि कार्यक्रमका आयोजकहरूले कोशी प्रदेशबाहेक अन्यत्र आफूहरूले केही गर्न नसक्ने भनी निरीहता प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया