झण्डै पाँच अंकले उक्लियो सेयर बजार
कारोबार रकम पनि बढेर दुई अर्ब ३६ करोड पुग्यो
काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २५ दशमलव ६६ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन चार दशमलव ६८ अंकले उकालो लागेर १९ सय ३२ दशमलव ३३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३८ अंकले उकालो लागेर तीन सय ६५ दशमलव ४७ बिन्दुमा चढेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४१ हजार छ सय १३ पटकको कारोबारमा ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ रुपैंयाँ ९२ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लगानी, अन्य र टे«डिङ उपसमुहको सुचक उकालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया