Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारमा झिनो अंकले सुधार

सेयर बजारमा झिनो अंकले सुधार

शुन्य दशमलव १५ अंकले उकालो लाग्दा दुई अर्ब ५३ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक (नेप्से) शुन्य दशमलव १५ अंकले उकालो लागेर एक हजार नौं सय ६९ दशमलव १७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले उकालो लागेर तीन सय ४८ दशमलव ५५ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ३६ हजार चार सय ८३ पटक सेयर किनबेच भएको छ । जसबाट ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौं सय ९८ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया