मैदा उद्योग संघको अध्यक्षमा पुनः दुगड
काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा पुनः कुमुदकुमार दुगड चयन भएका छन् । संघको राजधानीमा सम्पन्न २३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले दुगडलाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।
सभाले प्रथम उपाध्यक्ष दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष, विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाललाई चयन गरेको छ । यस्तै, तीन सचिवहरूमा आनन्द ओझा, धिरज गोल्छा र सञ्जय अग्रवाल, कोषाध्यक्ष विनोदकुमार अग्रवाललगायत १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकाले मैदालाई कृषि उद्योगमा राखी सुविधा दिन सरकारसँग पहल गर्ने सभाले निर्णय गरेको छ । नेपालमा गहुँको उत्पादन बढाउन सरकारसँग मिलेर दीर्घकालीन नीति तर्जुमा गर्ने, भारतबाट गहुँ आयातलाई सहज बनाउने, मैदा आयातलाई रोक लगाउने, चीनलगायत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुँदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्न सरकारसँग माग गर्ने, बैंक ब्याज एकल विन्दुमा कायम गर्न पहल गर्ने सभाले निर्णय गरेको छ ।
उद्योगकै नाममा गहुँ आयात गर्दा भन्सार दर एक प्रतिशत गर्न माग गर्ने, बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्ने, गहुँ र मैदा आयातको भन्सार मूल्याङ्कन परिमार्जन गर्न पहल गर्ने, मैदा उद्योगको बिमा प्रिमियम परिमार्जन गर्ने निर्णय भएको संघका महासचिव राधेश्याम अग्रवालले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया