सहकारी डुबाउने पाठकलाई माओवादीको सरकारी नियुक्ति, कांग्रेसीको संरक्षण
काठमाडौं । ललितपुरको साझा भवनमा रहेको गतिशील बचत तथा ऋण सहकारीमा करिब दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठकलाई माओवादीले गरेको नियुक्तिमा कांग्रेसी अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत संरक्षण गरेको पाइएको छ ।
सुशासनको कुरा गर्दै जनस्तरमा प्रचारप्रसार गरेको माओवादीका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सहकारीमा जनताको करिब दुई अर्ब रुपैयाँ दुरुपयोगमा भाग्दै हिँडेका पाठकलाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेका थिए ।
पाठकले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएपछि वाणिज्य बैंकमा नयाँ कर्जा लिन आउनेहरूसँग स्वीकृत कर्जाको ३ देखि ५ प्रतिशत कमिसनको ‘डिल’ गर्नेगरेको आरोप लाग्दै आएको छ ।
पाठकलाई ऋणीहरूसँग कमिसनको डिल गर्नको लागि सरकारी नियुक्तिमा नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका किरणकुमार श्रेष्ठको विश्वासपात्र मानिने कर्जा विभाग प्रमुख सोनी श्रेष्ठले सघाउने गरेको समेत आरोप लागेको छ ।
अध्यक्ष पाठकबारे मन्त्रालयसम्म नै गाइँगुइँ पुगेको भए पनि माओवादीका अर्थमन्त्रीबाट नियुक्त भएकाले अहिले गठबन्धनबाट माओवादी नेतृत्वको कांग्रेसी अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत कारबाही गर्न सकेका छैनन् । अर्थमन्त्री महतले जतिसक्दो उनीबाट फाइदा नै लिने सोचसहित पाठकलाई राष्ट्रिय वाणिज्य बैंकको कर्जा स्वीकृतिमा कमिसन लेनदेन गर्नेगरेको विषयमा समेत संरक्षण गर्दै मौन स्वीकृति दिएको आरोप लागेको छ ।
सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर्जा स्वीकृतिमा कमिसन लेनदेन हुनेगरेको विषयमा आर्थिक दैनिकका प्रतिनिधिले जिज्ञासा राख्दा बैंकका अध्यक्ष डा. बलराम पाठकले यो सामान्य कुरा भएको बताए । उनका अनुसार कर्जा स्वीकृतिमा राष्ट्रिय वाणिज्य बैंकमा मात्र नभएर हरेक वित्तीय संस्थाहरूमा कमिसन चल्ने गरेको छ ।
वाणिज्य बैंकमा भने आफूले कमिसनको डिल नगरेको भए पनि कर्जा विभागले गर्ने र सोको प्रमाण आफूसँग नभएकाले कारबाही गर्न नसकेको बताए । डा. पाठकले बैंकको मिटिङमा कर्जा विभागका कर्मचारीहरूलाई एकथरी भन्दा हुन्छ भन्ने र पछि आफ्नै हिसाबले काम गर्नेगरेकाले कमिसन लिने कुरा सत्य भएको समेत पाठकले आर्थिक दैनिकलाई बताए ।
पाठकले आर्थिक दैनिकमा आइतबार समाचार प्रकाशित भएपछि टेलिफोनमा कुरा गर्दै कुनै समय आफूले समेत पत्रिका सञ्चालन गरेको र भविष्यमा समेत सञ्चालन गर्न लागेको बताउँदै आफ्नो व्यक्तिगत लेनदेनको विषयमा समाचार नबनाउन आग्रह गरे ।
यता डा. पाठकले सञ्चालन गरेको सहकारीका निक्षेपकर्ताहरूलाई समेत कहीँकतै उजुर नगर्न र गरे निक्षेप फिर्ता नै नगर्ने भन्दै धम्की दिने गरेको पीडितहरूले बताएका छन् । माओवादीसँग आफ्नो राम्रो सम्बन्ध भएर नै सरकारी नियुक्ति लिन सकेकाले अहिले माओवादीकै नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेको हुँदा सहकारी ठगीमा समेत आफूलाई संरक्षण हुने आर्थिक दैनिकसँगको टेलफोन संवादमा विश्वास व्यक्त गरे ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया