मुक्तिनाथ कृषि कम्पनीको पाँच कृषि संरचना
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले तयार गरेको पाँच वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ का पाँच कृषि संरचनाको उद्घाटन गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले आइतबार एक कार्यक्रमका बीच ती संरचनाको उद्घाटन गरेका हुन् ।
कम्पनीले इटहरी, बर्दिबास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित ‘प्रादेशिक कार्यालयहरू’, स्याङ्जा र चितवनमा अवस्थित ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवर्द्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, कृषकलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र आर्टिफिसियल इन्टिलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ एकैसाथ सञ्चालनमा ल्याएको छ । कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीलाई देशव्यापीरूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले पाँच वटा कृषि संरचनाहरू तयार पारिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष भरतराज ढकालले कृषिमा पब्लिक कम्पनीको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषिचक्रको निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । कृषकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइलगायत कृषि संरचनाको विकासमा जोड दिने जानकारी दिए । खरिद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा भने सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजुले कम्पनीसँग कोदोजन्य बाली वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको सुरुवात गरेको जानकारी दिए । यस्तै, आगामी दिनमा कूटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । यस्तै, कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मुक्तिनाथ कृषि कम्पनीले सार्वजनिक निजी साझेदारीमार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
कम्पनीले विगत पाँच वर्षदेखि कृषिको समग्र मूल्य शृङ्खला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यतः कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाको विकासको सुरुवात गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया