Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिशिक्षण छाडेर गाई फार्मतिर

शिक्षण छाडेर गाई फार्मतिर


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–६ नाम्दुका पुण्यप्रसाद घिमिरेले शिक्षण पेशा छाडेर कृषि कर्ममा लागेका छन् । घिमिरे लामो समय शिक्षण पेशा आबद्ध रहे पनि हाल सो पेशालाई त्यागेर कृषि व्यवसायतर्फ लागेका हुन् ।

उनले आफ्नै ६२ रोपनी क्षेत्रमा गाईको फार्म सञ्चालन गरेर दूध उत्पादन थालेका छन् । उनले ‘हाम्रो घिमिरे दाइ’को कृषि फार्म दर्ता गरेर १२ वटा गाई र एउटा भैँसी पालेका छन् । तीन वर्षअघि चितवनबाट जर्सी र स्टार जातका गाई ल्याएर उनले पशुपालन व्यवसाय सुरु गरेको बताए । घिमिरेको फार्ममा पालन गरिएको एउटै गाईले ३५ देखि ४० लिटरसम्म दूध दिने गरेको उनले बताए । बजारमा दुग्ध पदार्थको माग बढ्दो रहेको हुँदा आफूले बजारको माग पूरा गर्न गाह्रो भएको उनको भनाइ छ । उनले दैनिक ६०/७० लिटर दूध सदरमुकाम चरिकोट पठाउने गरेका छन् । यस्तै, उनले गाईको लागि घाँस खेती पनि गरेका छन् । यस्तै, उनले फार्ममा दुई जनालाई नियमित रोजगार पनि दिएको बताए । साथै, गाई फार्मबाट निस्केको मल पनि बिक्री हुने गरेको उनको भनाइ छ ।

करिब ५२ लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको उक्त फार्मबाट मासिक एक लाख २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए । फार्मभित्रै दूध स्टोर गरेर राख्न उनले चिलिम फ्याट मेसिन जोडेका छन् । सो स्टोरमा दुई/तीन दिन दूध संकलन गरेर राख्न सकिने भएकाले दोलखा दुग्ध विकास केन्द्रले तीन/तीन दिनमा आएर जम्मा गरेको दूध लैजाने गरेको छ । यस्तै, उनले थप सातवटा गाई ल्याउने तयारी गरिरहेको बताए । लगानी गर्न सके गाउँमै बसेर पनि गुजारा चलाउन सक्ने उनको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया