Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनवमैत्री बचत तथा ऋण सहकारी संस्था १४औँ वर्षमा

नवमैत्री बचत तथा ऋण सहकारी संस्था १४औँ वर्षमा


काठमाडौं । नवमैत्री बचत तथा ऋण सहकारी संस्था १४ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले १४औँ वर्षमा प्रवेश गरेको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कुनका वरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले सहकारी क्षेत्रमा आएको विषम परिस्थितिमा सम्पूर्ण सहकारीकर्मी, निकाय र सहकारी सम्बद्ध अभियान्ता एकै ठाउँमा उभिएर समस्या समाधानको पहल गर्नुपर्ने र सहकारी सञ्चालकलाई दोष दिँदै अभियान्ताहरू पर भाग्न नहुने बताए ।

सभामा संस्थाका कोषाध्यक्ष सुलभ श्रेष्ठले सहकारीको आर्थिक विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा सहकारीको सेयर पुँजी दुई करोड ११ लाख छ हजार रुपैयाँ रहेको उनले जानकारी दिए । यस्तै, जगेडा कोषमा एक करोड छ लाख ८३ हजार रुपैयाँ र अन्य कोषमा ८५ लाख १९ हजार रुपैयाँ रहेको बताए । हालसम्म संस्थाको विभिन्न कोषमा जम्मा भएको कारोबार रकम आधारमा हेर्ने हो भने संस्थाको कोषहरू मजबुत रहेको उनले दाबी गरे ।

संस्थाको निक्षेप तर्फ छ करोड तीन लाख ९८ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानीतर्फ १२ करोड ३१ लाख ५० हजार रुपैयाँ रहेको छ । निक्षेप र लगानीमा अन्तर देखिए पनि सहकारीको छाता संगठन नेफस्कुनबाट कर्जा उपयोग भएको र संस्थाको कोषमा पर्याप्त रकम भएकाले समग्रमा संस्थाको कारोबार सन्तुलित रहेको उनले बताए ।

यस्तै, संस्थाको एक करोड ६९ लाख ३५ हजार रुपैयाँ व्याज आम्दानी गरेको छ भने ६८ लाख ६९ हजार रुपैयाँ ब्याज खर्च गरेको जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया