Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि१२ करोड रुपैयाँ निक्षेप हिनामिना गर्ने रियल गोर्खा सहकारीका सञ्चालक पक्राउ

१२ करोड रुपैयाँ निक्षेप हिनामिना गर्ने रियल गोर्खा सहकारीका सञ्चालक पक्राउ


काठमाडौं । सहकारीको रकम हिनामिना गरी फरार रहेका अध्यक्ष र सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौं महानगरपालिका वडा नं ३२ तीनकुनेमा कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सञ्चालक सदस्य विनोदकुमार ओझालाई पक्राउ गरिएको हो ।

प्रवक्ता अधिकारीका अनुसार बचतकर्ताको रकम हिनामिना गर्ने यी दुवै व्यक्तिहरूलाई यही पुस १८ गते पक्राउ परेका हुन् । यी व्यक्तिहरूले सहकारीको काठमाडौंको जोरपाटी र भक्तपुर जिल्लाभित्रका शाखा कार्यालयमार्फत निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए । मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ बचतकर्ताहरूले पैसा जम्मा गरेका थिए । तर, आफ्नो पैसाको साँवा, ब्याज पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको निक्षेपकर्ताको गुनासो छ । संस्थाका कर्मचारी र पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत रकम उपलब्ध नगराई संस्था नै बन्दगरी अध्यक्ष कठायत र सञ्चालक सदस्य ओझा फरार थिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरीअनुसार १२ करोड ३५ लाख ४८ हजार दुई सय दुई रूपैयाँ ९२ पैसा बचत रकम अपचलन तथा हिनामिना गरी फरार रहेका कठायत र ओझालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया