Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसमयमै दूधको भुक्तानी गर्न चितवनका किसानको माग

समयमै दूधको भुक्तानी गर्न चितवनका किसानको माग


भरतपुर (चितवन) । दूधको समयमै भुक्तानी गर्न चितवनका किसानले माग गरेका छन् । बुधबार उनीहरुले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् ।

उनीहरुले सम्बन्धित निकाय समक्ष सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग समेत राखेका छन् ।

चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले गुनासो गरे । उनले दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए ।

बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिलहुँदै गएको सङ्घका सचिव कल्याण अधिकारीले बताए । आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनले गुनासो गरे ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया