Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने

दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने


काठमाडौं । मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवर्द्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ ।

दि नेपाल डिस्टिलरिज प्रालिको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सिप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । धनुषा जिल्लाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवद्र्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरूलाई उखु खेती प्रवर्द्धनका लागि सिपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम नेपाल डिस्टिलरिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत आयोजना गरेको हो ।

कार्यक्रममा द नेपाल डिस्टिलरिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई एकै ठाउँमा राखेर बुझाइएको बताए । साथै, खेतीको विस्तार, प्रवद्र्धन एवम् संरक्षण गर्न आफूहरूले यो कार्यक्रम गरेको उनले बताए । नेपाल डिस्टिलरिजले स्वदेशकै किसानहरूद्वारा स्वदेशी भूमिमा उत्पादित उखुका उत्पादनहरू खपत गर्दै आइरहेको पनि जानकारी दिए । उनका अनुसार रम उत्पादनको महत्वपूर्ण कच्चा पदार्थ मोलासेस उखुबाट बन्ने गर्छ ।

कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले उखु किसानले वर्षौँदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्न तथा उखु खेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए । यस्तै, मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरूको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिटलगायतका पेय पदार्थ बनाउन सकिने प्रष्ट्याए । उनले भने, ‘यसमार्फत अरबौँको वैदेशिक पेयपदार्थहरू प्रतिस्थापन गर्दै देशको पुँजी बाहिरिनुबाट बचाउन सकिन्छ ।’


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया