सहकारीले ल्यायो आफ्नै ‘ब्रान्ड’को सिटिसी चिया
झापा । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले (एनएमसी)ले आफ्नै ब्रान्डको सिटिसी चिया बजारमा ल्याएको छ । झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको उक्त सहकारीले हाल चियासहित पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाले चिया उत्पादन, बचत तथा ऋण, डेरी उद्योग, कृषि फार्म र सहकारी पसल सञ्चालन गरिरहेको छ ।
एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार चिया व्यवसायअन्तर्गत संस्थाले पहिलेदेखि नै अर्थोडक्स चियाअन्तर्गत ‘ग्रीन टी’ र ‘ब्ल्याक टी’ बजारमा ल्याएको थियो भने हालै सिटिसी चिया प्याकेजिङ उद्योग सञ्चालनमा ल्याएको हो । एनएमसी टी ब्रान्डमा पाँच सय ग्राम र दुई सय ग्रामका प्याकेट बजारमा उपलब्ध छन् ।
अर्थोडक्स चियाका पारखीको माग अनुसार नै उद्योगले सिटिसी चिया बजारमा ल्याएको र यसलाई चियाका पारखी उपभोक्ताले मन पराइदिने अपेक्षा राखिएको अध्यक्ष उप्रेतीले बताए । एनएमसीका चिया नेपाली बगानबाट उत्पादित, उत्कृष्ट, गुणस्तरीय र ताजा रहेको भन्दै उनले यसको उत्पादन र प्रशोधनमा चिया विज्ञको परामर्श लिई प्रयोगशाला परीक्षण गरेर मात्र बजारमा पठाइएको जानकारी दिए ।
संस्थाले वि.सं २०५२ देखि बचत तथा ऋणको व्यवसाय, वि.सं २०७२ देखि बहुव्यवसाय, वि.सं २०७२ वैशाखदेखि एनएमसी डेरी उद्योग र वि.सं २०७५ मादेखि एनएमसी कृषि फार्म सुरु गरेको अध्यक्ष उप्रेतीले राससलाई जानकारी दिए । मेचीनगर–१४ दुहागढीमा १६ बिघा जमिन खरिद गर्नुका साथै १० बिघा भाडामा लिएर कृषि व्यवसाय गरिएको उनको भनाइ थियो ।
उनका अनुसार वि.सं २०७६ वैशाखदेखि एनएमसी सहकारीले पसल सुरु गरी हाल १६ स्थानमा पसल सञ्चालनमा छन् । पछिल्लो व्यवसायको रूपमा वि.सं २०७८ असारदेखि झापाको मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा एनएमसी चिया उद्योग सुरु गरिएको अध्यक्ष उप्रेतीले बताए ।
चिया व्यवसाय विस्तारका क्रममा आर्थिक वर्ष २०७८/७९ मा इलामका तीनवटा चिया सहकारी संस्था (साँघुबेँसी, सिद्धपोखरी र इलामेली)सँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्ने गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७८/७९ मा ७५ हजार केजी तयारी अर्थोडक्स (ग्रीन टी र ब्ल्याक टी) चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री गरिएको जनाउँदै अध्यक्ष उप्रेतीले आउँदो आवमा त्यसलाई बढाएर दुई लाख केजी पु¥याउने लक्ष्य रहेको बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
- थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा
- कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया