काठमाडौं, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा खुद नाफा र बीमा व्यवसाय दुवैमा वृद्धि गरेको छ । कम्पनीको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ७७ प्रतिशतले बढी हो ।
कम्पनीले गत आवको सोही अवधिमा १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको नाफा बढेर १६ करोड १३ लाख रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा कम्पनीले दुई अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिमा संकलन भएको दुई अर्ब ३२ करोड ३३ लाख रुपैयाँको तुलनामा ५१ करोड ४७ लाख रुपैयाँ बढी हो ।
त्यस्तै, कम्पनीले चालू आवको पहिलो त्रैमाससम्म ७३ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा यस्तो रकम ५१ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यसैगरी, कम्पनीको नवीकरण बीमाशुल्क दुई अर्ब १० करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ८१ करोड १६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको एकल बीमाशुल्क भने २७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।