काठमाडौं, भायानेट कम्युनिकेसन्स लिमिटेडले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई छिटो, सहज र प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सेवा संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ सेवाअन्तर्गत साँझ ५ बजेसम्म दर्ता भएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखिएको छ । ग्राहकले सामना गरेको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समस्या समाधान गर्नेछ । रिमोट माध्यमबाट समाधान सम्भव नभएमा प्राविधिक टोली ग्राहकको घरमै पुगेर सेवा प्रदान गर्नेछ ।
ग्राहक सेवालाई प्राथमिकतामा राख्दै आएको भायानेटले नयाँ पहलले इन्टरनेटमा समस्या आउँदा ग्राहकले लामो समयसम्म पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । यसबाट ग्राहकले थप छिटो, भरपर्दो र सहज सेवा अनुभव गर्न सक्ने कम्पनीको अपेक्षा छ ।