काठमाडौं, प्रोटोन ई.मास ५ ले मलेसियाको विद्युतीय सवारी बजारमा सर्वाधिक बिक्री हुने ईभीको रुपमा आफूलाई उभ्याएको छ । अक्टोबर २०२६ मा प्रोटोन ई.मास ५ ले बिक्रीमा उल्लेखनीय सफलता हासिल गरेको हो ।
समग्र ईभी दर्तामा गिरावट आएपनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको छ । अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीको भनाइ छ। उक्त महिनामा मलेसियामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो । यसैगरी, प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन् । यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ । यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो ।
मलेसियामा ई.मास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ । नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ । प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि सेगमेन्टमै पहिलो रियर–ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि–लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपि ब्याट्री र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता रहेको छ । ७० लिटरको फ्रन्ट ट्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको व्यावहारिक उपयोगितालाई थप बढाउँछन् । यसका साथै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । हाल ई.मास ५ को सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटिपि रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२–इन–१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ । यसमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड–अप डिस्प्ले (एचयुडि) र भेहिकल–टु–लोड (भि–टु–एल) सुविधा पनि उपलब्ध छन् । हाल ई.मास ७ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ ।