काठमाडौं, बजाज नेपालको ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गतेसम्म मात्रै संचालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अभियानमा एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको छ । यस अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन् । यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन् । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत हरेक दिन स्मार्टवाच जित्ने अवसरसमेत रहेको छ ।
साथै मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन् । यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ । साथै, बजाज नेपाललाई ट्याग गरी ह्यासट्याग पावर अफ गेम प्रयोग गर्नुपर्नेछ । अभियान समाप्त हुन लागेकोले इच्छुक ग्राहकले समयसीमाभित्र योग्य बजाज मोटरसाइकल खरिद गरी यस अभियानमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।