आर्थिक राष्ट्रिय दैनिक (आर्थिक दैनिक प्रा लिः को मिति २०८३/०३/११ (जुन २५, २०२६) गते अकुत सम्पत्ति आर्जनमा पूर्वसचिव खनालविरुद्ध उजुरी शीर्षकमा फन्ट पेजमा प्रकाशित एवं प्रसारित सामग्रीउपर चिरन्जीवी खनालले ध्यानाकर्षण भएको जनाएका छन् ।
उक्त समाचारका सम्बन्धमा खनालले बुँदागत प्रतिकिया एवं खण्डन पठाएका छन् । अख्तियारमै बसेर अख्तियारको दुरुपयोग गरेको, घुसको कारोबार गरेको, ज्याइ छोरी र छोराको नाममा गैरकानुनी र अवैध कारोबार, विदेशी बैंकमा सम्पत्ति जम्मा गरेको भन्ने समाचारको बारेमा खनालले आर्थिक दैनिकमा पठाएको प्रतिकिया÷खण्डनमा भनेका छन्, ‘अख्तियारमा बसेको भनी तपाईँले प्रसारण गर्नुभएको खबर साँचो हो । तर मैले अख्तियार छाडेको १० वर्ष र सेवाबाट अवकाश भएको पनि पाँच वर्षभन्दा बढी अवधि व्यतीत भइसकेको छ । रह्यो अख्तियारमा बस्दा पदको दुरुपयोग गरेको भन्ने सवाल, तपाइले प्रसारण गर्नुभएको समाचारमै अख्तियार, सम्पत्ति छानबिन आयोगलगायतका निकायमा उजुरी परिसकेको भनी प्रसारण भएको रहेछ, तर छानबिन अनुसन्धान गर्ने सम्बद्ध निकायको निष्कर्ष अघि नै कसुरदार भनी प्रचार प्रसारमा ल्याई व्यक्ति एवं परिवारको चरित्रहत्या मात्र होइन कि म र मेरो परिवारलाई छिन्नभिन्न पारी आत्महत्याको दुरुत्साहनसम्मको मोडमा पुर्याउनुभएको छ ।
यस्तो भ्रामक सामग्री किन र कसरी प्रसारमा ल्याउनुभएको हो ? अख्तियारको दुरुपयोग र घुसको नेटवर्क प्रमाणित गरेर देखाउन सक्नुभएन भने मेरो चरित्र, मानसिकता, त्रासदि अनि सामाजिक, पारिवारिक रुपमा पुग्न गएको अपूरणीय क्षतिका बारेमा तपाईँ आफ्नो पारिवारिक जीवनलाई सिरानीमा राखेर एक पटक मनन गर्नुहोस् त ! कस्तो मानसिकताबाट गुज्रनुपर्छ ?
— जग्गा कारोबारमा राजस्व छली÷ठगी गरेको विषयमा खनालले प्रतिकिया÷खण्डनमा भनेका छन्, ‘मुलुकी देवानी संहिता २०७४ ले त्यसको उपचारको बाटो देखाउँदा देखाउँदै तपाईँले वास्तविकता नै नबुझी, पत्रकारिता पेसा नै कुलषित हुनेगरी एउटा निर्दोष परिवारलाई ठहर हुनुअघि नै सजाय दिनुभयो ।’
— परिवारिक जीवनशैली स्वाभाविक छोराछोरीलाई महंगा विद्यालय र विदेशी विश्वविद्यालयमा पढाएको सम्बन्धमा प्रतिक्रिया÷खण्डनमा खनालले भनेका छन्, ‘मेरा छोराछोरीहरु अत्यधीक शुल्क व्यहोर्नुपर्ने महंगा विद्यालयमा आध्ययन गरेका होइनन् । निजहरु पढेको विद्यालय सामान्य प्रकृतिका र औषतमा गणना हुने नीजी विद्यालयमा पर्दछन् ।’
— ज्वाँइ, छोरी र छोराका नाममा अनुचित आर्थिक लेनदेन गरेको विषयम खनालले आर्थिक दैनिकमा पठाएको पत्रमा भनेका छन्, ‘यो नितान्त रुपमा मेरो पारिवारिक संरचना ध्वस्त पार्ने प्रपञ्च मात्र हो ।’
– सीतापाइला धार्के सडकखण्डमा मापदण्ड मिचेर घर टहरा बनाएको÷घर बहाल कर नतिरेको/कुलानन्द गुठीको नाममा भवन निर्माण इजाजत दिएको र विश्वामित्र ऋषि सामुदायिक भवन शीर्षकमा बजेट विनियाजन गरेको... विषयमा खनालले पठाएको प्रतिकिया÷खण्डन भनिएको छ, ‘मैले यस सडक खण्डमा मापदण्ड मिचेर घर टहरा निर्माण गरेको छैन । पत्रकार धर्मअनुसार एक पटक वास्तविकता बुझेर समाचार प्रकाशित गर्नुभएको भए एउटा सिंगै परिवारको चरित्र रक्षा हुनेथियो ।’