काठमाडौं, म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । कम्पनीले कार विजेता लामालाई एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण समेत गरेको छ । कार्यक्रममा कार विजेता लामाले यति ठूलो पुरस्कार जित्ने परिकल्पना नै नगरेको बताए । ‘कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन । यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो’, उनले भने ।
त्यस्तै, अभियान अन्तर्गत देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । मोटरसाइकल जित्ने उपभोक्ताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन् । त्यस्तै, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।
स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् । यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् । म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार बम्पर पुरस्कारका रूपमा राखेको थियो । तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जना भाग्यशाली उपभोक्ताका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।