काठमाडौं, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औं साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले विभिन्न प्रश्तावहरु पारित गरेको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, र लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाहलगायतका वित्तीय विवरणहरु पारित गरेको हो । त्यस्तै सभाले आव २०८३/०८४ का लागि लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
साधारणसभाले संस्थापक सेयरधनी समूहको तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र एक जना स्वतन्त्र संचालकहरुको निर्वाचन गरेको छ । यसअनुसार संस्थापक सेयरधनीको तर्फबाट संजिव न्यौपाने, सिर्जना खड्का र द्वारिकाप्रसाद न्यौपाने संचालकमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट सुशान्त तिमल्सिना र स्वतन्त्र संचालकमा लोकराज जोशी चयन भएका छन् ।