काबुल, गएको महिनाको अबधिमा १४ हजार ५३९ अफगान शरणार्थी परिवारहरू, ९७ हजार २७७ जना अफगान सरणर्थीहरु छिमेकी देश इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि अफगानिस्तान फर्केको अफगान सरकारका उप प्रवक्ताले शनिबार घोषणा गरेका छन् । स्वदेश फर्कनेहरू मध्य पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सिमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम र दक्षिणी हेलमन्ड प्रान्तको बहरामचा सिमा नाका हुँदै अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ ।
फर्केका सबै परिवारका सदस्यहरुले खाना, पिउने पानी, स्वास्थ्य सेवा र आफ्नो गन्तव्यमा निःशुल्क यातायात सेवा लगायतका अत्यावश्यक सहयोग तत्काल प्राप्त गरिसकेको जनाइएको छ । स्वदेश फर्किनेहरु मध्य अधिकांश पूर्व शरणार्थीहरू पाकिस्तानबाट फर्केको फित्रतले बताएका छन् । अफगान अधिकारीहरूका अनुसार सन् २०२१ अगस्टमा वर्तमान अफगान सरकारले सत्ता सम्हाले पछि ८० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्केको सिन्ह्वाले जनाएको छ ।