उपरोक्त सम्बन्धमा, तपाई सम्पादक रहेको आर्थिक दैनिकको दैनिकपत्रको मिति २०८३ साउन १ गते, शुक्रबार, (अंक ४९६६, ने.सं. ११४६), को प्रथम पृष्ठमा “डोल्मा – उपाय विवाद ः विदेशी लगानीको नाममा कानुनको खुला उल्लंघन ?“ शीर्षकमा प्रकाशित समाचार सामग्रीमा उपाय सिटी कार्गो प्रा.लि. (यसपछि “कम्पनी“ भनिएको) लाई प्रत्यक्ष उल्लेख गर्दै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ (“ऐन“) को नकारात्मक सूची अन्तर्गतको “आन्तरिक कुरियर सेवा“ उल्लंघन गरेको आशयमा भ्रामक दाबी प्रस्तुत गरिएकोले सो सम्बन्धमा कम्पनी ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहायअनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको र उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।
देहायः
१) प्रकाशित सामग्रीमा “उपाय सिटी कार्गो प्रा.लि.ले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को नकारात्मक सूची अन्तर्गतको ’आन्तरिक कुरियर सेवा’ उल्लंघन गरेको“ भनी उल्लेख भएको रहेछ । उक्त विषय फरक परेको छ । यथार्थ “ऐनले नै ’आन्तरिक कुरियर सेवा’ को परिभाषा नगरेको र हुलाक ऐन, २०१९ अनुसार व्याख्या गर्दा कम्पनीको व्यवसाय उक्त सूचीभित्र नपर्ने“ रहेको छ।
२) ऐनको अनुसूची (दफा ३ को उपदफा (२) सँग सम्बन्धित) को क्रम संख्या ५ अन्तर्गत “घर जग्गा व्यवसाय (निर्माण उद्योग बाहेक), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा, स्थानीय क्याटरिङ सेवा, मनिचेञजर, तथा रेमिट्यान्स सेवा“ लाई विदेशी लगानीका लागि प्रतिबन्धित सूचीमा राखिएको हो । तथापि “आन्तरिक कुरियर सेवा“ भन्ने शब्दावलीको परिभाषा उक्त ऐनले गरेको छैन, न त हुलाक तथा कुरियर सम्बन्धी कानुन हुलाक ऐन, २०१९ ले नै यसको परिभाषा गरेको छ । कानुनी व्याख्याको सामान्य सिद्धान्त अनुसार यस्तो अपरिभाषित शब्दावलीलाई सोही विषयवस्तुसँग सम्बन्धित कानुन, अर्थात् हुलाक ऐन, २०१९ मा परिभाषित “हुलाक वस्तु“ को अवधारणासँग जोडेर व्याख्या गर्नुपर्ने हुन्छ । तसर्थ, हुलाक ऐन, २०१९ को दफा २ (च) अनुसार “हुलाक वस्तु“ भन्नाले चिठ्ठी, समाचारपत्र, पत्रिका, बुकपोष्ट, नमूना प्याकेट, अन्धा सहित्या, पुलिन्दा, र हुलाकद्वारा ओसारपसार हुने वस्तुलाई व्याख्या गरेको देखिन्छ ।
३) उपायको व्यवसाय हुलाक वस्तु वा पत्रको ओसारपसारसँग सम्बन्धित छैन, न त यसले परम्परागत हुलाकजस्तै सर्वसाधारणलाई सोही प्रकृतिको सेवा उपलब्ध गराउँछ । उपायको वास्तविक व्यावसायिक क्रियाकलाप भनेको नाफामूलक प्रयोजनका लागि व्यापारिक वस्तुहरूको उच्च आवृत्तिको ढुवानी÷लजिस्टिक्स÷डेलिभरी सेवा हो, जुन कानुनी दृष्टिकोणले “आन्तरिक कुरियर सेवा“ भित्र पर्दैन । कम्पनीको नाममा “कार्गो“ शब्द रहेकै वा सेवाको सामान्य विवरणकै आधारमा व्यवसायको कानुनी वर्गीकरण गर्न मिल्दैन; बरु उद्योग दर्ता प्रमाणपत्र तथा प्रबन्धपत्रमा उल्लिखित उद्देश्यलाई नै आधार मान्नुपर्ने हुन्छ ।
४) उद्योग विभागबाट जारी उद्योग दर्ता प्रमाणपत्रमा उपायको मुख्य उद्देश्य “विघुतिय माध्यम (अनलाइन वा सफ्टवेयर वा एप्स वा यस्तै अन्य प्रकारको माध्यम) प्रयोग गरी ढुवानी सम्बन्धी सेवा लिने र दिने बिचको सेवा प्रदान गर्ने भनी किटानसाथ उल्लेख भएको छ । त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको प्रबन्धपत्रको दफा ४ (१) मा समेत मुख्य उद्देश्य “एचयखष्मष्लन त्जभ म्भष्खिभचथ ब्लम ीयनष्कतष्अक क्भचखष्अभक त्जचयगनज भ्भिअतचयलष्अ ःभमष्गm, ष्।भ। यलष्लिभ यच कयातधबचभ यच ब्उउक यच यलष्लिभ mबचपभतउबिअभ गकष्लन न्एक्, ल्बखष्नबतष्यल बलम ऋयमि ऋजबष्ल भतअ।“ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ । यी दुवै आधिकारिक कानुनी कागजातले उपायको व्यवसाय “डेलिभरी तथा लजिस्टिक्स सेवा“ हो भनी पुष्टि गर्दछ । उपायमा विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फन्ड–क्ष्क्ष् को शेयर लगानी सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट मिति २०७१।१०।१९ (२०२३ फेब्रुअरी २) मा बैंकिङ च्यानल मार्फतको कारोबार अग्राधिकारप्राप्त तथा साधारण शेयरधनीका रूपमा स्वीकृत भइसकेको छ ।
५) यसरी उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंक ऐन कार्यान्वयनका लागि कानुनतः जिम्मेवार तीन ओटै नियामक निकायले नै उपायको व्यावसायिक वर्गीकरण र सोमा भएको विदेशी लगानीलाई स्वीकृति प्रदान गरिसकेको अवस्थामा, उक्त लगानीलाई कानुन विपरीत भनी आरोप लगाउनु तथ्य र कानुन दुवै दृष्टिले आधारहीन हुन्छ । यसरी उपाय सिटी कार्गो प्रा. लि. को व्यवसाय ऐनको अनुसूचीको क्रम संख्या ५ अन्तर्गतको ’आन्तरिक कुरियर सेवा’ को अर्थभित्र पर्दैन, र व्यवसाय नै प्रतिबन्धित सूचीभित्र नपरेको हुँदा यसमा भएको विदेशी लगानीलाई नेपाल कानुन विपरीत भनी कुनै हालतमा व्याख्या गर्न मिल्दैन ।
६) प्रकाशित समाचारमा माथि उल्लिखित उद्योग दर्ता प्रमाणपत्र, कम्पनीको प्रबन्धपत्र, नेपाल राष्ट्र बैंकको स्वीकृति वा कम्पनीको औपचारिक कानुनी रायसमेत नहेरी, न त प्रकाशनअघि कम्पनीसँग कुनै स्पष्टीकरण वा प्रतिक्रिया (चष्नजत या चभउथि) माग गरी, एकतर्फी रूपमा कम्पनीको प्रतिष्ठामाथि आघात पुग्ने गरी अनुमान र आशंकामा आधारित निष्कर्ष प्रकाशित गरिएको छ, जुन पत्रकारिताको आधारभूत सिद्धान्त र निष्पक्षताको मान्यता विपरीत हो । पुरानो ÷ बासी वित्तीय आँकडाका आधारमा भ्रामक एवं मानहानीजन्य समाचार प्रकाशन गरेको सम्बन्धमा स्पष्टीकरण माग तथा सच्याइदिने बारे उजुरी ।
महोदय,
उपर्युक्त विषयमा उपाय समूह (उपाय सिटी कार्गो प्रा.लि. तथा उपाय वेयरहाउसिङ प्रा.लि. लगायत, यसपछि “कम्पनी÷समूह” भनिएको) को तर्फबाट म, सुमन रायामाझी, व्यवस्थापक सञ्चालक (ःबलबनष्लन म्ष्चभअतयच) एवं समूहको संस्थापक सदस्यले देहायबमोजिम उजुरी ÷ निवेदन पेश गर्दछु ।
पृष्ठभूमिः
१. मिति ६ श्रावण २०८३ (२२ जुलाई २०२६) मा आर्थिक दैनिकमा “उपाय समूह बजारमा कसरी टिक्ला ?” शीर्षक र “६६ करोडभन्दा बढी बैंक ऋण र नकारात्मक सञ्चित पुँजीले बढायो वित्तीय जोखिम” उपशीर्षकमा एउटा समाचार प्रकाशित भएको छ ।
२. उक्त समाचारमा उपाय वेयरहाउसिङ प्रा.लि. को शेयर पुँजी (५ करोड ५० लाख), शेयर पुँजीका लागि अग्रिम रकम (४ करोड), दीर्घकालीन ऋण (करिब २८ करोड ९४ लाख) र अल्पकालीन ऋण (करिब २१ करोड ८६ लाख), तथा समूहको एकीकृत विवरण अनुसार शेयर पुँजी (करिब ३२ करोड ५७ लाख), सञ्चित घाटा (करिब ४१ करोड २७ लाख), कुल बैंक ऋण (६६ करोडभन्दा बढी) र आर्थिक वर्ष २०८१÷८२ को खुद घाटा (करिब १२ करोड ९० लाख) जस्ता आँकडा उल्लेख गरी समूहको “बजारमा टिक्ने क्षमता” र ऋण भुक्तानी क्षमतामाथि प्रश्न उठाइएको छ ।
३. समाचारमा प्रयोग गरिएका उपरोक्त सबै आँकडा आर्थिक वर्ष २०८१÷८२ ( अर्थात् असार मसान्त २०८२ मा समाप्त, गणना अनुसार १६ जुलाई २०२५ मा अन्त्य भएको वर्ष) का हुन् । यी आँकडा प्रकाशनको मिति (६ श्रावण २०८३, २२ जुलाई २०२६) भन्दा एक वर्षभन्दा बढी पुराना हुन् ।
४. समाचारमा प्रयुक्त वित्तीय विवरणलाई “सार्वजनिक रूपमा उपलब्ध लेखापरीक्षण गरिएको वित्तीय विवरण” भनी उल्लेख गरिएको छ । तर उपाय समूह अन्तर्गतका उल्लिखित कम्पनीहरू निजी क्षेत्रको प्रा. लि. कम्पनी भएकाले, यस्तो विस्तृत वित्तीय विवरण सर्वसाधारणका लागि खुला अभिलेखको रूपमा कुनै नियामक निकाय (कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड आदि) मा सार्वजनिक रूपमा राखिएको छैन। त्यसैले समाचारमा दाबी गरिएको “सार्वजनिक स्रोत“ ठ्याक्कै के हो (कुन नियामक निकाय, कुन सार्वजनिक अभिलेख वा प्रकाशन हो) भनी यकिन खुलाउन आवश्यक देखिन्छ । यस्तो कुनै वास्तविक र प्रमाणित सार्वजनिक स्रोत देखाउन नसकिएमा, यो विवरण पनि गोप्य स्रोतबाट कम्पनीको सहमतिबेगर अनधिकृत रूपमा प्राप्त ÷ चुहावट भई प्रयोग गरिएको हुन सक्ने कम्पनीको शंका रहेको छ, जुन यसअघि सिंहदरबार डटकममा प्रकाशित समाचारसँग मिल्दोजुल्दो प्रकृतिको छ ।
तथ्यगत त्रुटि तथा नैतिक चिन्ताः
५. उपाय वेयरहाउसिङ प्रा. लि. हाल निर्माण÷परियोजना विकास चरणमा रहेको (गलमभच अयलकतचगअतष्यल) पूर्वाधार कम्पनी हो र यसले हालसम्म पूर्ण व्यावसायिक सञ्चालन प्रारम्भ गरिसकेको छैन। निर्माणाधीन अवस्थाको पूर्वाधार परियोजनाको हकमा सामान्य सञ्चालनरत कम्पनीमा प्रयोग हुने नाफा नोक्सान वा ऋण भुक्तानी क्षमता सम्बन्धी अनुपात÷मापदण्ड प्रत्यक्ष लागू गर्न मिल्दैन, किनभने यस्ता परियोजनामा सञ्चालन आम्दानी सुरु हुनुअघि नै पूँजीगत लगानी र ऋण खर्च हुने र घाटा÷उच्च ऋणानुपात देखिनु स्वाभाविक हुन्छ । समाचारले यो आधारभूत सन्दर्भ (परियोजना चरण) लाई नजरअन्दाज गरी सोझै “वित्तीय जोखिम” को निष्कर्ष निकालेको छ ।
६. प्रकाशनअघि समाचारकर्ताले कम्पनी वा समूहसँग यी विषयमा कुनै सम्पर्क, स्पष्टीकरण वा प्रतिक्रिया (चष्नजत या चभउथि) माग गरेको देखिँदैन । परियोजना चरण, ऋणको संरचना तथा भविष्यको योजनाबारे कम्पनीको भनाइ नलिईकनै एकपक्षीय निष्कर्ष प्रकाशित गरिएको छ, जुन पत्रकारिताको आधारभूत सिद्धान्त विपरीत हो ।
७. समाचारले आर्थिक वर्ष २०८१÷८२ (एक वर्षभन्दा बढी पुरानो) का आँकडाका आधारमा समूहको वर्तमान (हाल) अवस्था र भविष्यमा “बजारमा टिक्ने क्षमता“ बारे निष्कर्ष निकालेको छ, जबकि प्रकाशनको मितिसम्म आर्थिक वर्ष २०८२÷८३ (असार मसान्त २०८३ मा समाप्त) समेत पूरा भइसकेको छ । एक वर्षभन्दा बढी पुरानो, बासी तथ्यांकलाई वर्तमान अवस्थाको सूचकको रूपमा प्रस्तुत गर्नु तथ्यगत रूपमा गलत र भ्रामक हो, र यसले समूहको हालको वास्तविक वित्तीय अवस्थाबारे सर्वसाधारण, ऋणदाता तथा लगानीकर्तामा गलत र नकारात्मक धारणा सिर्जना गर्दछ। कम्पनीको ठहरमा यो प्रस्तुतीकरण भ्रामक र मानहानीजन्य (mष्कभिबमष्लन बलम मभाबmबतयचथ) रहेको छ ।
८. यसैअघि पनि सोही विषयवस्तु (उपाय समूहका कम्पनीहरूको वित्तीय अवस्था) मा एकपक्षीय र नकारात्मक प्रकृतिका समाचार पटक–पटक प्रकाशित हुने गरेको पृष्ठभूमि (यसअघि सिंहदरबार डटकम तथा आर्थिक दैनिकमै प्रकाशित समाचारहरू समेत) हेर्दा, यो दोहोरिँदो र योजनाबद्ध प्रकृतिको प्रकाशन स्वतःस्फूर्त स्वतन्त्र पत्रकारिताभन्दा बजारमा प्रतिस्पर्धा गर्ने कुनै व्यावसायिक प्रतिस्पर्धीको स्वार्थबाट प्रेरित हुन सक्ने कम्पनीको गम्भीर शंका रहेको छ ।
अनुरोधः
उपर्युक्त तथ्यहरूको गम्भीरतापूर्वक मूल्यांकन गरी प्रेस काउन्सिल नेपाललाई निम्नबमोजिम गर्नुहुन अनुरोध छः
९. आर्थिक दैनिकलाई समाचारमा प्रयुक्त वित्तीय विवरण ठ्याक्कै कुन “सार्वजनिक स्रोत“ (कुन नियामक निकाय÷अभिलेख) बाट प्राप्त गरिएको हो सो प्रमाणसहित यकिन खुलाउन निर्देशन दिनुहोस्; सो नखुलाए वा नदेखाए यसलाई अनधिकृत ÷ गोप्य स्रोतबाट प्राप्त कागजात मानी सोही आधारमा छानबिन अगाडि बढाउनुहोस् ।
१०. आर्थिक दैनिकलाई प्रकाशनअघि कम्पनी÷समूहको प्रतिक्रिया किन लिइएन भन्ने यकिन स्पष्टीकरण काउन्सिल समक्ष र कम्पनीलाई समेत लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिनुहोस् ।
११. समाचारमा (क) उपाय वेयरहाउसिङ हाल निर्माण÷परियोजना विकास चरणमा रहेको र सोही कारण मानक नाफा–नोक्सान÷ऋण भुक्तानी क्षमता विश्लेषण प्रत्यक्ष लागू नहुने, र (ख) प्रयुक्त आँकडा आर्थिक वर्ष २०८१÷८२ (एक वर्षभन्दा बढी पुरानो) का भएकाले समूहको वर्तमान अवस्था नदेखाउने भन्ने स्पष्ट सुधार÷ स्पष्टीकरण द्रुत रूपमा प्रकाशित गर्न सम्बन्धित सञ्चारगृहलाई निर्देशन दिनुहोस् ।
१२. उक्त प्रकाशन कुनै व्यावसायिक प्रतिस्पर्धीको प्रेरणा÷मिलेमतोमा भएको हो÷होइन, र यसले पत्रकार आचारसंहिता एवं प्रेस काउन्सिल ऐन, २०४८ बमोजिमको मापदण्ड (यथार्थता प्रमाणीकरण, सन्तुलित प्रस्तुतीकरण, प्रतिक्रिया लिने दायित्व) उल्लङ्घन गरेको हो÷होइन भन्नेबारे तत्काल छानबिन प्रारम्भ गर्नुहोस् । १३. स्पष्टीकरण ÷ सच्याइ प्रकाशित नभएसम्म वा छानबिन नटुंगिएसम्म, भ्रामक जानकारीको निरन्तर सार्वजनिक प्रसारणले कम्पनी तथा यसका ऋणदाता र लगानीकर्ताको हितमा थप हानि नहोस् भन्नेतर्फ उपयुक्त निर्देशन दिनुहोस् ।
१४. छानबिनबाट आचारसंहिता वा कानून उल्लङ्घन पुष्टि भएमा प्रेस काउन्सिल ऐन, २०४८ तथा प्रचलित कानूनबमोजिम सम्बन्धित सञ्चारमाध्यम विरुद्ध उपयुक्त कारबाही अगाडि बढाउनुहोस् ।
यो उजुरी कम्पनी÷समूहले उक्त प्रकाशनविरुद्ध छुट्टै देवानी÷फौजदारी वा नियामकीय कारबाही (मानहानी लगायत) गर्न पाउने हकलाई कुनै पनि किसिमले असर नपु¥याई पेश गरिएको हो ।
यसै सम्बन्धमा उपयुक्त निर्णय एवं कारबाहीको लागि हार्दिक अनुरोध गर्दछु ।
भवदीय,
सुमन रायामाझी
Upaya City Cargo Pvt.ltd.
व्यवस्थापक सञ्चालक
संवाददाताको भनाइ
उपाय सिटी कार्गो प्रालिका व्यवस्थापक सञ्चालक समुन रायमाझीले आर्थिक दैनिकमा पठाउनु भएको खण्डन प्रेस काउन्सिल नेपालबाट समेत प्राप्त भएको छ । आर्थिक दैनिकले मनगढन्ते तरिकाले सुनेको र कसैले भनेको भरमा समाचार प्रकाशित गरेको होइन । उक्त सिटी कार्गो प्रालिको लेखापरीक्षण प्रतिवेदनको आधारमा मात्र समाचार बनाइएको हो । समाचारपत्रले कुनै पनि कम्पनीको लेखापरीक्षण विवरणमाथि प्रश्न गर्नु, वित्तीय अवस्थाको बारेमा विश्लेषण गर्नु र सार्वजनिक सरोकारको विषयमा समाचार प्रकाशित गर्नु कानुन विपरीतका काम होइनन् ।
उक्त उपाय भन्ने कम्पनीसँग आर्थिक दैनिकको कुनै प्रतिस्पर्धा वा पूर्वाग्रह छैन । यो कम्पनीले लिएको ऋण, गरेको खर्च पारदर्शी हुनैपर्छ । त्यसका बारेमा मात्र प्रश्न गरिएको हो, जुन पत्रकारिताका धर्मभित्रै पर्छ । आर्थिक दैनिकमा प्रकाशित समाचार सत्य हुन् र उपाय सिटी कार्गो प्रालिले पठाएको खण्डन सत्य र तथ्य ढाकछोपका प्रयास मात्र हुन् । काउन्सिलले उठाएका बुँदागत प्रश्नको जवाफ काउन्सिलमै पठाइएको छ ।