काठमाडौं, सुजुकी गाडीले नाडा अटो शोमा २ लाख रुपैयाँसम्म जित्ने विशेष स्क्र्याच एन्ड विन अफर सार्वजानिक गरेको छ । कम्पनीले नाडा अटो शोसंगै चाडपर्वलक्षित गरी ‘सुजुकी पर्वोत्सव’ अफर ल्याएको हो ।
सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार सेवा) पाट्र्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमा प्राप्त गर्न सक्नेछन् । सुविधाहरू मोडेलअनुसार फरक हुने जनाइएको छ । यस योजनामा अल्टो के १० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजा सिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्स सिरिज र ईभीटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ । यो योजना मंसिर १५ गतेसम्म लागू रहने जनाइएको छ ।
कम्पनीले ‘ईभीटारा फस्र्ट १०० युनिट प्रमोशनल स्किम’ पनि संचालनमा ल्याएको छ । पहिलो १०० युनिट रिटेल भइसकेपछि माथि उल्लेख गरिएका मोडेलअनुसारका सुजुकी पर्वोत्सव सुविधाहरू ईभीटारामा पनि स्वतः लागू हुनेछन् । ईभीटारा ग्राहकहरूले सवारीसँगै आउने ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् ।
सुजुकीले नयाँ ब्रेजा पनि नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप सुजुकी प्याभिलियन, स्टल ए८२ मा अवलोकन गर्न सकिनेछ । प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकहरूका लागि सुजुकी पर्वोत्सवअन्तर्गत २ लाख रुपैयाँसम्मको पुरस्कार रहेको विशेष ‘स्क्र्याच एन्ड विन’ अफर पनि उपलब्ध हुनेछ ।