काठमाडौं, नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नयाँ एक्सएसआर१५५ अनावरण गरेको छ । यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरहरूका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
यसको मुख्य विशेषताहरूमा आकर्षक टियरड्रप–आकारको फ्युल ट्यांक, रेट्रो शैलीबाट प्रेरित सिग्नेचर राउन्ड एलईडी हेडल्याम्प, फ्ल्याट बेन्च–स्टाइल सिट र मिनिमल तथा क्लिन बडीवर्क रहेका छन् । परिष्कृत १५५ सीसी इन्जिनद्वारा सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी प्रयोग र उत्कृष्ट पर्फर्मेन्सबीच सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ ।
यामाहा नेपालले नाडा अटो शोबाटै आधिकारिक रूपमा विशेष प्रि–बुकिङ खुल्ला गरेको पनि जनाएको छ, एक्सएसआर १५५ खरिदका लागि ग्राहकहरूले एक महिना अगावै प्रि–बुकिङ गर्नुपर्नेछ । यो सीमित प्रि–बुकिङको व्यवस्था बजारमा व्यापक उपलब्ध हुनुअघि नै उत्साही राइडरहरूलाई प्रारम्भिक कोटामा पहुँच प्रदान गर्न डिजाइन गरिएको हो ।