Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिपितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपतिनाथ क्षेत्रमा भक्तजनको भिड(फोटोफिचर)

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपतिनाथ क्षेत्रमा भक्तजनको भिड(फोटोफिचर)


काठमाडौं । बालाचतुर्दशी पर्व आइतबार अर्थात् आज (मङ्सिर २४ गते)बाट सुरु भएको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।  आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । त्यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा बास बसेका छन् । साथै, आज पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ ।

यसपटक पशुपति क्षेत्र विकास कोषले बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरेको छ ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया