Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिगुप्तेश्वर गुफाको वार्षिक आम्दानी पाँच करोडबढी

गुप्तेश्वर गुफाको वार्षिक आम्दानी पाँच करोडबढी


गण्डकी । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ रुपैयाँ आम्दानी भएको छ । गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार छ सय २७, सटरकबलबाट आठ लाख ६८ हजार, कामधेनु गाईले चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिदबाट ४६ हजार र अन्यबाट तीन लाख २३ हजार सात सय ६१ रुपैयाँ आम्दानी गरेको हो ।

शनिबार उक्त साधारणसभाको उद्घाटन गर्दै उच्च अदातल पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले धार्मिक क्षेत्रको आम्दानी शिक्षा, स्वास्थ्य र समाजको विकाससँगै आयमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिए । राससले जनाएनुसार साधारणसभामा गुफाको संरक्षणमा सहयोग गरेबापत गण्डकी प्रदेशसभा सचिव हरिराम पोख्रेल, धनुषा जिल्ला न्यायाधीश योगनाथ ढकाललाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया