Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुको कर्जा झण्डै एक खर्ब, सरकारले सहुुलियतको विशेष प्याकेज नल्याए तालाचाबी बुुझाउने

बैंकहरुको कर्जा झण्डै एक खर्ब, सरकारले सहुुलियतको विशेष प्याकेज नल्याए तालाचाबी बुुझाउने


काठमाडौं,असार १२

विश्वव्यापी महामारीका कारण होटल क्षेत्रमा भएको झण्डै दुुई खर्ब ८४ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउनको घोषणा गरेको र सोसँगै लगभग शून्यमा झरेको होटल व्यवसायको कारण पनि यस क्षेत्रमा भएको झण्डै तीन खर्ब रुपैयाँ लगानी जोखिममा परेको हो ।

लगानीकर्ताहरुको यति ठूलो रकम जोखिममा परे पनि सरकारले भने यस क्षेत्रलाई अझै उपेक्षा गरेको र अन्य क्षेत्रको लागि सहुुलियत प्याकेज ल्याएको भए पनि यस क्षेत्रको सुधारको लागि भने सरकारले अहिलेसम्म कुुनै ठोस सहुुलियतको प्याकेज घोषणा नगरेको आरोप साना तथा मझौला होटल व्यवसायीहरुले लगाएका छन् । अहिले देशको सातवटा प्रदेशको ७७ वटै जिल्लामा साना तथा ठूला समेत गरी ८० हजारवटा होटलहरु सञ्चालनमा छन् ।

‘यी होटलहरुमा सबै किसिमका गरी छ लाख जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तर सरकारले कोभिड १९ का कारण यो क्षेत्रमा परेको असरको कुुनै मूल्यांकन नै गरेन’, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले भने, ‘महामारी घट्नुुको सट्टा अझै बढ्दै गएको र सरकारले कुुनै पनि किसिमको सहुुलियतको प्याकेज घोषणा गरेको छैन, यो अवस्थामा अहिले धेरै व्यवसायीहरु ऋणको चर्को मारमा परेर आत्महत्या गर्ने परिस्थितिमा पुुगेका छन्, धेरै साथीहरु व्यवसायबाट नै पलायन हुुने तयारीमा छन्, यति हुुँदासम्म पनि सरकारले राहतको उचित प्याकेज ल्याएन भने सरकारलाई हामी तालाचाबी बुुझाउँछौँ ।’

वर्तमान अवस्थामा व्यवसायीहरु सबैभन्दा बढी घर भाडाको मारमा परेको भन्दै उनले लकडाउनको अवधिभर पूर्णरुपमा घरभाडा छुुट दिन, संक्रमण रहुुञ्जेलसम्म घरभाडामा ५० प्रतिशत छुुट दिन, एक वर्षको व्यवसाय कर तथा सबै प्रकारको कर छुुट दिन, चालू व्यवसायलाई नै धितोको रुपमा मूल्यांकन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन, यस क्षेत्रमा संलग्न व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत यही व्यवसाय भएकाले जुुनसुुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तीमा दुई वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुुलियत दर कायम गराई सावाँमा गाभिदिने व्यवस्था गर्नुुपर्ने माग समेत गरेका छन् ।

कोभिड १९ का कारण होटल क्षेत्रमा परेको असरबारे कुुरा गर्दै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुुमार चुुकेले भने, ‘महासंघमा आबद्ध होटलहरुको वार्षिक कारोबार तीन खर्ब ८७ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ भने होटलहरुको वार्षिक खर्च नौ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यदि सरकारले होटल क्षेत्रमा परेको समस्यालाई विशेष प्याकेज ल्याएर समाधान गर्दैन भने यो क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्क्षयरुपमा सम्बन्धित लाखौं व्यक्तिको रोजीरोटी गुुम्छ ।’ सबैको रोजीरोटीको सुरक्षा गर्न र कोभिड १९ का कारण आफ्नो देशमा फर्किएका लाखौँ व्यक्तिहरुलाई स्वदेशमा नै रोजगारी दिनको लागि पनि सरकारले होटल क्षेत्रमा देखिएको समस्यालाई प्रभावकारीरुपमा समाधान गर्नुुपर्ने उनले बताए ।

कोभिड १९ को नियन्त्रण नहुुने हो भने यो वर्ष मात्र होटल क्षेत्रले ५६ अर्ब ८० करोड रुपैयाँको हाराहारीमा नोक्सानी व्यहोर्नुुपर्ने देखिएको उनको भनाइ छ । लकडाउन घोषणा भएयता अर्थात् पछिल्लो चार महिनामा होटलहरुले १९ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेका छन् । कोभिड १९ नियन्त्रणमा नआउने, सरकारले कुुनै सहुुलियत नदिने र नोक्सानी बढ्दै जाने हो भने होटलहरुले बैंकहरुबाट लिएको झण्डै एक खर्ब रुपैयाँ कर्जा तिर्न नसक्ने अवस्था आउने वरिष्ठ उपाध्यक्ष चुुकेले बताए ।

‘यस अर्थमा पनि सरकारले कोभिड १९ का कारण सिंगो होटल क्षेत्रमा परेको असरको बारेमा जानकारी लिएर यस क्षेत्रलाई पुनर्जीवित गरोस्, हामी व्यवसायीहरु सरकारसँग हातेमालो गरेर सिंगो मुलुुकको आर्थिक विकास र समृद्धिमा लम्किन तयार छौँ’, उनले भने । अहिले सातवटै प्रदेशमा गरी १० देखि २० करोडको हाराहारीमा लगानी भएका पाँच सयवटा होटलहरु सञ्चालनमा छन् ।

त्यस्तै पाँचदेखि १० करोड रुपैयाँसम्म लगानी भएका तीन हजार होटलहरु रहेका छन् भने एक करोडदेखि पाँच करोड रुपैयाँसम्म लगानी भएका तीन हजार पाँच सयवटा होटलहरु छन् । यसैगरी ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी भएका छ हजार, १० लाखदेखि ५० लाख रुपैयाँसम्म लगानी भएका आठ हजार, १० लाख रुपैयाँसम्म लगानी भएका १० हजार र पाँच लाख रुपैयाँसम्म लगानी भएका ५० हजारवटा होटलहरु सञ्चालनमा छन् । यदि सरकारले यी सबै लगानीको सुरक्षा गर्दैन भने अबको केही समयपश्चात् सबै व्यवसायीहरुले होटलको चाबी सरकारलाई बुुझाउने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया