Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन

सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन


नववर्ष २०८१ सालको आगमनसँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवाग्राहीहरूलाई सहायता पु¥याउने उद्देश्यका साथ कार्यक्रमहरू तयार पारेको छ । उक्त कार्यक्रममध्यको एक जेन जेडअन्तर्गत पर्ने युवा पुस्ताहरूलाई मध्यनजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरू सञ्चालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानीको महत्वका बारेमा बुझाउने र युवा वर्गहरू आकर्षित हुने कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई सचेत गराउने र चाहिने सहयोग पु¥याउने रहेको छ ।

सिटिजन आफँैमा नेपालको जीवन बीमा कम्पनीहरूमध्धे कान्छो कम्पनीहरूमा पर्दछ । यस कम्पनीमा कार्यरत कर्मचारीहरू पनि धेरैजसो युवा उमेर समूहकै रहेको कम्पनीको भनाइ छ । हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरू आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सिप विकास कार्यक्रमहरूमा सहभागी हुने साथै विभिन्न खेलकुद प्रतियोगिताहरूमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ । साथै, यसै वर्षदेखि विविधतामा एकता पहलका साथै कम्पनीभित्र विभिन्न जात, धर्म र सांस्कृतिक परिभाषाका कर्मचारीहरूमध्ये विविधतामा समावेशिताको भावना जगाउनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गराउने तयारी गरेकोे छ ।

पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियानअन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनलगायत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणालीको सुरुवात गर्ने पहिलो कम्पनी हो । अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिष्कृत गर्दै यस क्रमलाई अझै सक्रिय र अपटुडेट बनाउने प्रयासमा छ । जसका लागि कम्पनीको व्यवस्थापन समूहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया