Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन ८० अंकले घट्यो नेप्से

एकै दिन ८० अंकले घट्यो नेप्से


सुरेश राउत
काठमाडौं, असार १९
सेयर बजार परिसूचक एकै दिन ८० अंकले तल झरेको छ । सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि भन्दै गत चैत ११ गतेबाट देशव्यापीरुपमा पूर्ण लकडाउन घोषणा गरेको थियो । यसबीचमा वैशाख ३१ गते सरकारले सेयर दुुई दिन केही घण्टा खुल्ला गर्ने निर्णय गरेकोमा दुुवै दिन सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेपछि अनिश्चितकालीन समयको लागि सेयर बजार बन्द गरिएको थियो ।

सोपश्चात् सेयर कारोबार असार १ गतेदेखि लकडाउनलाई खुुकुलो बनाएपछि सोमबारदेखि सेयर कारोबार खुल्ला भएकोमा उक्त दिन पनि सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेको थियो । सो पछिको दुुई दिन बजारमा सकारात्मक सर्किट ब्रेक लागे पनि साताको अन्तिम कारोबार दिन भने बजार पूरै ओरालो लागेको छ । बिहीबार सेयर बजारमा तीनपटक नकारात्मक सर्किट ब्रेक लागेको छ ।

बिहान ११ बजेदेखि सेयर कारोबार खुल्ला भएकोमा २३ मिनेट जाँदा सेयर बजार पूरै ऋणात्मक भएपछि पहिलोपटक सर्टिक ब्रेक लगाइएको थियो । सोपश्चात् २० मिनेटको लागि कारोबार स्थगित भएको थियो । तर पुनः बजार खुुले पनि नेप्से घटेको थियो । ११ः४७ मा नेप्से पाँच प्रतिशतले घटेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लगाइएको थियो । त्यसपछि पुनः बजार खुुले पनि १२ः४० मा नेप्से पुुनः छ प्रतिशतले घटेपछि पूरै दिनको लागि सेयर कारोबार स्थगन भएको छ ।

सोही आधारमा यस दिन बजार परिसूचक ८० दशमलव ४१ अंकले ओरालो लागेर १२ सय ५६ दशमलव ११ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९९ अंकले ओरालो लागेर दुुई सय ६९ दशमलव तीन अंकमा झरेको छ । यस दिन कुुल एक सय ४२ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुुसार आठ हजार चार सय नौवटा कारोबारमा १० लाख ६१ हजार आठ सय ९० कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ४७ करोड ६६ लाख ५४ हजार नौ सय ७१ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन ११ वटा समूहको कारोबार भएका छन । सोमध्ये सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य एक अंकले बढेर नौ दशमलव ६१ अंकमा पुुगे पनि बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ८७ दशमलव १४ अंकले ओरालो लागेर एक हजार ८५ दशमलव १७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ७६ दशमलव ३५ अंकले ओरालो लागेर १६ सय ७१ दशमलव चार अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि ३४ दशमलव ९५ अंकले ओरालो लागेर नौ सय २४ दशमलव ८२ अंकमा झरेकोमा उत्पादनमूलक समूहको सूचक पनि एक सय २८ दशमलव ५२ अंकले ओरालो लागेर दुुई हजार पाँच सय ८९ दशमलव ८५ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक एक सय ७८ दशमलव ३१ अंकले ओरालो लागेर पाँच हजार चार सय ८१ दशमलव चार अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक छ सय आठ दशमलव ६१ अंकले ओरालो लागेर सात हजार तीन सय २१ दशमलव ९६ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः एक सय २८ दशमलव ३७, शून्य दशमलव शून्य तीन, ३१ दशमलव ३९ र ७१ दशमलव २६ अंकले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा समिट माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ सात पैसाले बढेर नौ सय ३७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुुर्खाज फाइनान्सको सेयर मूल्य तीन रुपैयाँ ८१ पैसाले बढेर एक सय नौ रुपैयाँमा सेयर किनबेच भएको छ ।

यीबाहेक गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सोल्टी होटल समूहको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले घटेर एक सय ४४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रभुु बैंकको सेयर मूल्य नौ रुपैयाँ ९२ पैसाले घटेर दुुई सय १८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, नेपाल बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यस दिन कारोबार भएकोमा रकमका आधारमा पहिलो स्थानमा परेको नेपाल पुुनर्बीमा कम्पनीको प्रतिकित्ता तीन सय ८३ रुपैयाँ अन्तिम मूल्यमा छ करोड छ लाख ८२ हजार एक सय २५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ३७ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ५३ हजार एक सय ७५ रुपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।

नियमित कारोबारको लागि आधा दर्जन कम्पनीहरुको सेयर सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा नियमित कारोबारका लागि आधा दर्जन म्पनीहरुको सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बिहीबार विकास बैंक, फाइनान्स, लघुुवित्त र जलविद्युत्सहितका कम्पनीहरुको बोनस सेयर सूचीकृत भएको हो । सोमध्ये देव विकास बैंकको तत्कालीन समयमा क्षेत्रीयस्तरको वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात् कायम भएको ५० लाख ४० हजार छ सय ८१ दशमलव ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी सिर्जना फाइनान्सको पनि १५ प्रतिशतको अनुुपातमा ११ लाख पाँच हजार आठ सय ७६ दशमलव ८० कित्ता बोनस सेयर सूचीकृत भएकोे छ । सोही दिन आरएसडीसी लघुुवित्त वित्तीय संस्थाको पनि छ प्रतिशत अर्थात् तीन लाख ८० हजार एक सय सात दशमलव २० कित्ता बोनस सेयर सूचीकृत भएको छ । क्षेत्रीयस्तरको सिन्धुु विकास बैंकको पनि ११ दशमलव ५१ प्रतिशतका दरमा पाँच लाख ७४ हजार दुुई सय ८७ दशमलव पाँच कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार यस दिन सानिमामाई हाइड्रोपावर कम्पनीको पनि १० प्रतिशतका दरमा २३ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसबाहेक सूर्योदय लघुुवित्त वित्तीय संस्थाको सूचीकृत सेयरको कारोबार खुल्ला भएको नेप्सेले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया