Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक महिनामा १५ कम्पनीको बोनस

एक महिनामा १५ कम्पनीको बोनस


काठमाडौं, भदौ १
नेपाल धितोपत्र बोर्डमा एक महिनाको अवधिमा एक अर्ब ४० करोड ७१ हजार तीन सय आठ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार पछिल्लो एक महिना अर्थात् साउन २ गतेदेखि यही भदौ २ गतेसम्ममा नेपाल बंगलादेश बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोषसहितका १५ वटा कम्पनीहरुको एक करोड ४० लाख पाँच हजार सात सय १३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोर्डका अनुसार पछिल्लोपटक सपोर्ट लघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँबराबरको ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड नौ लाख ९२ हजार पाँच सय रुपैयाँबराबरको २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी नागरिक लगानी कोषको पनि २९ करोड ५८ लाख ७१ हजार तीन सय छ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको पनि चार करोड ७२ लाख २६ हजार छ सय ७० रुपैयाँबराबरको चार लाख ७२ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत भएको छ ।

बोर्डका अनुसार ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाको पनि तीन करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँबराबरको तीन लाख ८६ हजार छ सय एक दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल बंंगलादेश बैंकको पनि ४० करोड ७६ लाख १२ हजार छ सय रुपैयाँबराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । एक्सेल डेभपलमेन्ट बैंकको पनि ११ करोड ८४ लाख ४७ हजार दुई सय ५० रुपैयाँबराबरको ११ लाख ८४ हजार चार सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको पनि एक करोड ३५ लाख रुपैयाँबराबरको एक लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी वोमी लघुुवित्त वित्तीय संस्थाको पनि दुुई करोड ५२ लाख ७२ हजार रुपैयाँबराबरको दुुई लाख ५२ हजार सात सय कित्ता बोनस सेयर सूचीकृत भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको पनि पाँच करोड ४७ लाख ७६ हजार आठ सय ३३ रुपैयाँबराबरको पाँच लाख ४७ हजार सात सय ६८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको पनि छ करोड १२ लाख २६ हजार रुपैयाँबराबरको छ लाख १२ हजार दुुई सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यीबाहेक समाज लघुुवित्त वित्तीय संस्था, स्पर्श लघुुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुुवित्त वित्तीय संस्था आदिको पनि बोनस सेयर सूचीकृत भएको बोर्डले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया