Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दामा फरार महर्जन पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार महर्जन पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीबार पक्राउ गरिएको हो ।

जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र बिगोबमोजिमको एक करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको परिसरले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया