Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाभाइरस : विदेशमा रहेका नेपालीको कस्तो छ अवस्था ?

कोरोनाभाइरस : विदेशमा रहेका नेपालीको कस्तो छ अवस्था ?


काठमाण्डौं,चैत २८
विश्वभर फैलिएर रहेका नेपालीहरुमध्ये युरोप, अमेरिका, एसिया तथा खाडीसहितका १३ मुलुकमा रहेका नेपालीहरुमा नोवल कोरोनाभाइरस (कोभिड १९) बाट प्रत्यक्ष असर परेको देखिएको छ ।  कोरोनाभाइरसको असर परेसँगै ती मुलुकमा रहेका नेपालीहरुको कोरोनाभाइरसको कारण मृत्यु भएको छ भने संक्रमितहरु उपचारपछि निको भएर घर समेत फर्केका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार वैदेशिक रोजगारी र उच्चशिक्षाको लागि एक सय ५० भन्दा बढी मुलुकमा रहेका नेपालीहरुमध्ये हालसम्म कोरोनाभाइरसको प्रत्यक्ष असर भने १३ मुलुकमा रहेका नेपालीहरुमा परेको जनाएको छ । मन्त्रालय उच्च स्रोतले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया, पोर्चुगल, स्विट्जरल्याण्ड, बेल्जियम, जापान, युएई, कुवेत, साउदी अरब, मलेसिया, बहराइन र कतारमा रहेका दुई सय नौ जना नेपालीहरुलाई कोरोनाभाइरसको प्रत्यक्ष असर परेको आर्थिक दैनिकलाई जानकारी दिएको छ ।

उच्च स्रोतका अनुसार दुई सय नौ जनामध्ये बेलायतमा दुई जना र अमेरिकामा एक जना नेपाली मुलुकका अमेरिकी नागरिकसहित चार जनाको मृत्यु भएको छ ।‘कोरोना संक्रमणको कारण बेलायतमा दुई जना नेपालीको मृत्यु भएको छ’, स्रोतले भन्यो, ‘अमेरिकामा मृत्यु भएकाहरुमा भने कोरोना संक्रमण भए÷नभएको पुष्टि हुन सकेको छैन ।’ अमेरिकामा भने एक नेपाली मुलुकका अमेरिकी नागरिकसहित चार जना नेपालीको मृत्यु भएको हो तर त्यसमध्ये तीन नेपालीको मृत्युको कारण भने कोरोना हो÷होइन भन्ने विषय प्रमाणित भएको छैन । मृत्यु भएका तीन जनाको भने कोरोनाभाइरसको कारणले मृत्यु भए÷नभएको पृष्टि हुन बाँकी रहेको त्यहाँका सरकार अधिकारीहरुले जानकारी दिएका छन् ।

स्रोतले ती मुलुकहरुमा संक्रमितको संख्या भने एक सय ३४ जना रहेको बताएको छ ।संक्रमित हुनेमा सबैभन्दा धेरै अमेरिकामा ५७ जना रहेका छन् भने जापान, बेल्जियममा क्रमशः एक÷एक जना नेपाली कोरोनाभाइरसबाट संक्रमित छन् ।

यस्तै युएईमा ११ जना, कुवेतमा दुई जना, साउदी अरबमा चार जना, मलेसियामा एक जना, अष्ट्रेलियामा आठ जना, बहराइनमा १२ जना, मलेसियामा दुई जना, पोर्चुगलमा ११ जना, बेलायतमा २० जना र स्विट्जरल्याण्डमा पाँच जना नेपाली कोरोनाभाइरसबाट संक्रमित रहेका छन् ।

कतारमा भने असंक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमितहरुको समुदायगत जानकारी उपलब्ध नगराउने कतारको नीति रहेको हुँदा कति नेपालीहरु कोरोनाभाइरसबाट संक्रमित छन् वा छैनन् भन्ने विषय एकीन जानकारी उपलब्ध हुन नसकेको बताएको छ भने अमेरिकाको हकमा भने कतारमा जस्तै बिरामीको जानकारी गोप्य राख्ने गरिन्छ ।

अमेरिकी स्थानीय कानुनले बिरामीको जानकारी गोप्य राख्ने हुनाले कति जना नेपाली संक्रमित छन् भन्न यथार्थ जानकारी हासिल गर्न कठिन भएको छ, स्रोतले भन्यो  । कोरोनाभाइरसको असरका कारण उपचार गराउनेको संख्या भने सबैभन्दा धेरै पोर्चुगलमा एक जना उपचाररत तथा २१ ज्ना क्वारेन्टाइनमा बसेकासहित २२ जना नेपाली नागरिक रहेका छन् भने त्यसपछि क्रमशः बहराइनमा १२ जना, युएईमा नौ जना, अष्ट्रेलियामा सात जना, स्विट्जरल्याण्डमा तीन जना नेपालीको उपचार भइरहेको छ ।

यस्तै जापान, मलेसिया भने क्रमशः एक÷एक जना नेपाली कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि उपचाररत रहेका छन् भने अमेरिकामा रहेका संक्रमितको भने अमेरिकास्थित विभिन्न अस्पतालमा भर्ना भई तथा कतिपयको घरमै उपचार गरेर बसिरहेका छन् । कोरोनाभाइरसका संक्रमणपछि स्वास्थ्यलाभ गरिरहेका नेपालीको संख्या भने युएई र अमेरिकामा क्रमशः दुई÷दुई जना र स्विट्जरल्याण्डमा तीन जना रहेका छन् भने बेलायतमा रहेका सात जना नेपाली भने कोरोनाभाइरसको संक्रमणपछि उपचार पाई निको भई घर समेत फर्किसकेका छन् । उनीहरु हाल आफ्नै बासस्थानमा आराम गरिरहेका छन् ।

मन्त्रालयका एक अधिकारीका अनुसार जति पनि नेपाली विदेशमा रहेका छन् । त्यसमध्ये अत्यन्त न्यून संख्यामा मात्र कोरोनाभाइरसबाट संक्रमित भएको बताए । ‘कोरोनाभाइरसबाट कोहि पनि संक्रमित नहुन तर जो विदेशमा रहेका नेपालीको संख्या छ । त्यसमध्ये संक्रमितको संख्या अत्यन्त न्यून हुन् । यो एक प्रकारको सुखदपक्ष मान्नुपर्छ’, उनले भने, ‘संक्रमितहरुमध्ये पनि प्रायःजसो उपचारपछि निको भएका छन् ।’
उनले मृत्यु भएकाहरुमध्ये पनि कोरोना संक्रमणबाटै मृत्यु नभएको बताए । बिरामीहरु अन्य रोगबाट ग्रसित थिए सो कारणले गर्दा उनीहरुको मृत्यु भएको हो । यद्यपि सम्पूर्णको स्वास्थ्य रिपोर्ट आइसकेको छैन ।

विदेशबाट आएका १३४ को विवरण सङ्कलन

पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले यस किसिमको अभ्यास सुरु गरेको हो ।

हाल सङ्कलन भएका विवरणमध्ये ६० जनाले विदेशबाट आएको १५ दिन पार गरिसकेका छन भने अन्य होम क्वारेन्टाइनमा रहेका महानगरपालिकाले जानकारी गराएको छ । महानगरको प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरभित्र बसोबास गरिरहेकाको विवरण सङ्कलन कार्य भइरहेको छ । विवरण सङ्कलनको काम जारी रहेको र हाल प्राप्त विवरणअनुसार सबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिकाभित्र बसोबास गर्नेको विवरण सङ्कलन सुरु गरेको हो ।

विदेशबाट फर्किने, अझ भारतबाट आएका नेपाली नागरिक १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नैपर्ने नियमलाई पालना गर्न महानगरले यस्तो विवरण सङ्कलनको कामलाई तीव्ररुपमा अघि बढाएको जानकारी दिएको छ । सङ्कलित विवरणमध्ये बढी दुबईबाट फर्किएका छन् ।

त्यसैगरी कतार, फ्रान्स, अष्टे«लिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाको पनि विवरण सङ्कलन गरिएको छ ।

कोही विदेशबाट आएका तर महानगरको सम्पर्कमा आउन नचाहनेका लागि पनि आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि भन्दै तत्काल सम्पर्कमा आउन आग्रहसमेत गरिएको छ । अन्य कसैलाई जानकारी भए पनि महानगरलाई तथा सम्बन्धित वडा कार्यालयमा जानकारी दिन भनिएको छ ।

ओमानमा नेपाली सुरक्षित

सरकारले ओमानमा रहेका नेपालीहरु नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित रहेको बताएको छ । ओमानस्थित नेपाली दूतावास मस्कटले बिहीबार एक सूचना जारी गर्दै ओमानमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सुरक्षित रहेको जानकारी दिएको छ । ओमानमा रहेको गैरआवासीय एक संस्थाका अनुसार ओमानमा करिब १५ हजार नेपाली रहेका छन् ।

दूतवासका अनुसार बिहीबारसम्ममा ओमानमा कोरोना भाइरसको कारण चार सय ५७ जना संक्रमित भएको तथा दुई जनको मृत्यु भएको तथा ७२ जनाले भने पुनः स्वास्थ्य लाभ प्राप्त गरेका छन् । ओमानका रहेका जो कोही अर्थात् विदेशी नागरिकहरुलाई कोरोना भाइरस रोगको परीक्षण र उपचार निःशुल्क अर्थात् ओमानी नागरिकसरह प्राप्त गर्ने समेत दूतावासले जनाएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समितिको निर्णयानुसार १० –२२ अप्रिल अर्थात् नेपाली मिति चैत २८ देखि वैशाख १२ सम्म मस्कट प्रशासकीय क्षेत्र पूर्णरूपमा बन्द (लकडाउन) गरिने भएकोले उक्त समयमा मस्कट क्षेत्रमा अत्यावश्यकबाहेक कुनै पनि यात्रालगायत अन्य गतिविधि नगरी ओमान सरकारले लिएको यस कदमलाई सहयोग गर्न सम्पूर्ण नेपालीहरूमा आग्रह गरेको छ ।

साथै ओमानमा भएका तथा विदामा घर गएका नेपालीहरूको यदि भिसाको म्याद सकिएको भए रोयल ओमान पोलिसको (आरओपी) वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको हुँदा सोहीबमोजिम गरी आफ्नो भिसाको नवीकरण गर्न समेत सबै दूतावासले आग्रह गरेको छ ।

कोरोनाको महामारीबाट बच्न सबैले सामाजिक दूरी कायम गर्नेदेखि लिएर स्वास्थ्यसम्बन्धी पूर्वसतर्कता अपनाउन दूतावासले ओमानमा रहेका सबैमा अनुरोध समेत गरेको छ भने ओमानमा रहेका नेपालीहरुलाई जस्तोसुकै समस्यामा परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले नेपालीहरुलाई कुनै समस्यामा परेमा सम्पर्कका लागि टेलिफोन नम्बर २४६९६१७७÷२४६९६८८३ , हटलाइन नम्बर ७१५९२४९०÷७१५३०८४० र श्रम सहचारीको नम्बर ७१५९२५०६ मा सम्पर्क गर्न अनुरोध गरेको छ । विशेष गरी वैदेशिक रोजगारीको क्रममा नेपालीहरु ओमान जाने गरेका छन् ।

विदेशबाट आएका १३४ को विवरण सङ्कलन
पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले यस किसिमको अभ्यास सुरु गरेको हो ।

हाल सङ्कलन भएका विवरणमध्ये ६० जनाले विदेशबाट आएको १५ दिन पार गरिसकेका छन भने अन्य होम क्वारेन्टाइनमा रहेका महानगरपालिकाले जानकारी गराएको छ । महानगरको प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरभित्र बसोबास गरिरहेकाको विवरण सङ्कलन कार्य भइरहेको छ । विवरण सङ्कलनको काम जारी रहेको र हाल प्राप्त विवरणअनुसार सबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिकाभित्र बसोबास गर्नेको विवरण सङ्कलन सुरु गरेको हो ।
विदेशबाट फर्किने, अझ भारतबाट आएका नेपाली नागरिक १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नैपर्ने नियमलाई पालना गर्न महानगरले यस्तो विवरण सङ्कलनको कामलाई तीव्ररुपमा अघि बढाएको जानकारी दिएको छ । सङ्कलित विवरणमध्ये बढी दुबईबाट फर्किएका छन् ।

त्यसैगरी कतार, फ्रान्स, अष्टे«लिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाको पनि विवरण सङ्कलन गरिएको छ । कोही विदेशबाट आएका तर महानगरको सम्पर्कमा आउन नचाहनेका लागि पनि आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि भन्दै तत्काल सम्पर्कमा आउन आग्रहसमेत गरिएको छ । अन्य कसैलाई जानकारी भए पनि महानगरलाई तथा सम्बन्धित वडा कार्यालयमा जानकारी दिन भनिएको छ ।

‘कोभिड–१९’ बाट विश्वभर १५ लाख ३८ हजार ७९ संक्रमित
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १५ लाख ३८ हजार ७९ जना संक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि ८९ हजार ९ सय ६१ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ४० हजार ४ सय ६१ जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

(रासस)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया