Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनओजीको ‘जनकपुर च्याप्टर राइड’

एनओजीको ‘जनकपुर च्याप्टर राइड’


काठमाडौं । टीभीएस मोटरका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा मोटरसाइकल राइड सम्पन्न गरेको छ । उक्त राइड टीभीएसको जनकपुर सोरूम (आर्यन आटोमोबाइल्स)बाट सुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो ।

राइडमा सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि दिइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया