Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोनको दशैँ अफरमा थाइल्यान्ड–बाली भ्रमण गर्न सकिने

फोटोनको दशैँ अफरमा थाइल्यान्ड–बाली भ्रमण गर्न सकिने


काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले फोटोनका जुनसुकै मोडल खरिद गर्ने ग्राहकलाई स्मार्टवाचदेखि थाइल्याण्ड र बाली घुम्न अवसरसहितको योजना ल्याएको हो ।

फोटोनका लाइट कमर्सियल गाडीहरू नेपालमा उपलब्ध गराउँदै आएको एमएडब्लू वृद्धिले फोटोनका हरेक गाडीको बुकिङमा ‘स्योरसट उपहार’ उपलब्ध गराउने जनाएको छ । कम्पनीले एयरपड, स्मार्टवाच र स्पिकर फोटोनका जुनसुकै गाडी बुकिङ गर्ने ग्राहकलाई सो उपहार दिनेछ । यसका साथै एमएडब्लू वृद्धिले बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनालाई थाइल्याण्ड ट्रिप, एक जनालाई बाली ट्रिप, एक जनालाई स्मार्ट टेलिभिजन, दुई जनालाई रेफ्रिजेरेटर, दुई जनालाई वासिङ मेसिन र तीन जनाले मोबाइल फोन जित्न सक्ने योजना ल्याएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया