Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगऐसले फर्निचर सोरुम अब नेपालमा

ऐसले फर्निचर सोरुम अब नेपालमा


काठमाडौं । ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो सोरुमको स्थापना गरी बिक्री सुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेतामध्येको एक हो । गत १८ वर्षदेखि ऐसले अमेरिकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभर ६६ राष्ट्रहरूमा ११ सयभन्दा बढी होमस्टेहरू छन् ।

ऐसलेको नेपालमा आधिकारिक बिक्रेताको रूपमा एसएन जोशी एन्ड सन्स कम्पनी प्रालि रहेको छ । एसएन जोशी एन्ड सन्स कम्पनी विगत २० वर्षदेखि यस व्यवसायमा सक्रिय रहेको छ । विश्व विख्यात ऐसले ब्राण्डले नवीनता, गुणस्तरीयता, ग्राहक सन्तुष्टिमा विश्वभरि आफ्नो झण्डा गाडी सकेको छ । ऐसले फर्निचरले विश्वभरि करोडौं उपभोक्ताहरूको मन जितिसकेको दाबी गरेको छ । टेकुस्थित ऐसलेको सोरुम चार हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ । यहाँ ग्राहकहरूले विभिन्न आधुनिकरूपमा लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साजसज्जासहित चाहिने सर–सामानहरूको उपलब्धता रहनेछ । ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनीय उत्पादनसहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया