Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचितवनमा औद्योगिक प्रदर्शनीतथा सूचना प्रविधि मेला

चितवनमा औद्योगिक प्रदर्शनीतथा सूचना प्रविधि मेला


काठमाडौं । चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला सञ्चालन भएको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सवअन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा शुक्रबारदेखि मेला सुरु भएको हो । मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो कार्यक्रममा उनले देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए । यस्तै, उनले साना तथा मझौला उद्योगहरूको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि सरकार तयार रहेको बताए ।

आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आइरहेको र अधिकांश उद्योग व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । सञ्चालनमा रहेका उद्योगहरू समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशीलताको अस्तित्व नै संकटमा पर्ने देखिएको उनको भनाइ थियो । प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाहरूको प्रवर्द्धन सहयोग रहेको छ । यस्तै, प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायतबाट स्टलको सहभागिता रहेको छ ।

त्यस्तै, प्रदर्शनीअन्तर्गत नै ‘छैटौं टेक माइन्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१’ आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नवीनतम प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप तथा मोबाइल खरिद गर्न पाइने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरूको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरूमा विशेष छुटलगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरूलाई अनलाइन रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाइको छ । यसरी अनलाइनबाट रजिस्ट्रेसन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरूमध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने बताइएको छ । मेला वैशाख ११ गतेसम्म चल्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा क्रियाशील उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गर्न क्यान इन्फोटेक सातैवटा प्रदेशमा गर्ने योजना रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया