Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यापु मार्केट प्लेसले निषेधाज्ञामा निःशुल्क होम डेलिभरी गर्ने

ग्यापु मार्केट प्लेसले निषेधाज्ञामा निःशुल्क होम डेलिभरी गर्ने


काठमाडौँ ।

इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्यान्नसहित तरकारी, फलफूलको निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीका अनुसार महामारीको समयमा उपभोक्तालाई भीडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक वस्तुको होम डेलिभरी सुरु गरिएको हो ।

ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेको बताए । खड्काका अनुसार कम्पनीले काठमाडौ उपत्यकाभित्रका सबै स्थानमा २४ घण्टाभित्र निःशुल्क होम डेलिभरी सेवा प्रदान गर्नेछ ।

एक वर्षअगाडि लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालीमाटी बजारभन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समयमै उपभोक्ताको मन जितेको थियो । ‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं ।

फेरि पनि हामीलाई उपभोक्ताको अफ्ट्यारोमा सहयोग गर्ने मौका जुरेको छ’, उनले भने । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र इ–सेवामार्फत सजिलै भुक्तानी गर्न समेत सकिने कम्पनीले जनाएको छ । साथै, डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया